एमालेमा मुख्यमन्त्रीका लागि रस्साकस्सी : प्रदेश १ र ३ मा संसदीय दलको नेता छान्न चुनाव हुँदै

+
-

काठमाडौं – एमालेले प्रदेश नम्बर १ र ३ मा संसदीय दलको नेता चुन्नका लागि शुक्रबार चुनाव गर्दैछ ।

सहमति हुन नसकेपछि दुवै प्रदेशमा संसदीय दलको नेताका लागि चुनाव हुन लागेको हो । संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले आकांक्षी धेरै हुँदा सहमति जुट्न नसकेको हो ।

प्रदेश नम्बर १ मा एमाले संसदीय दलको नेताका लागि भीम आचार्य र शेरधन राईबिच प्रतिस्पर्धा छ । यस्तै चुनाव नै हुने भए जीवन घिमिरेले पनि उम्मेदवारी दिने बताएका छन् । प्रदेश नम्बर १ मा एमालेका ५१ प्रदेशसभा सदस्य रहेका छन् । चुनाव दिउँसो हुनेछ ।

यस्तै ३ नम्बर प्रदेशमा पनि संसदीय दलको नेता छान्नका लागि शुक्रबार चुनाव हुँदैछ । मुख्यमन्त्री एवं संसदीय दलको नेता सहमतिमा छनौट गर्न नसकेपछि चुनाव गर्ने भएको हो ।

केन्द्रले प्रदेशबाटै संसदीय दलको नेता तय गर्न अधिकार दिए पनि सहमित नजुटेपछि शुक्रबार काठमाडौंमा चुनाव हुने भएको हो ।

संसदीय दलको नेता नै स्वतः मुख्यमन्त्रीको उम्मेदवार हुनेछ । संसदीय दलको नेताका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् ।

एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’