
हेटौँडा- तीन नम्बर प्रदेशको सभाशमुखमा निर्विरोध निर्वाचित भएका सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोइरालासँग पद तथा गोपनीयताको शपथ लिएका छन्।
शनिबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर श्रेष्ठले शपथ लिएका हुन्। उनी शनिबार नै ३ नम्बर प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।
वाम गठबन्धन गरेको भागवण्डा अनुसार एमालेबाट उनी प्रदेश सभामुख निर्वाचित भएका हुन्। संविधानअनुसार प्रदेशको सभामुख तथा मुख्यमन्त्रीले प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ। शपथ ग्रहण लगत्तै श्रेष्ठले प्रदेशसभाको सचिवालय पुगेर पदबहाली गरेका छन्।