
काठमाडौं- नामिबियामा जारी आईसिसी वल्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल अहिले यूएईसँग भिडिरहेको छ।
टस हारेपछि ब्याटिङको निम्ता पाएको यूएईले सात ओभरको खेल समाप्तीमा दुई विकेट गुमाएर १५ रन जोडेको छ। दुवै विकेट सोमपाल कामीले लिएका हुन्।
यूएईले एक रन जोड्दा असफाक अहमदलाई सोमपाल कामीले बोल्ड आउट गरे। सोमपालले लगातार तेस्रो खेलमा विपक्षिको पहिलो विकेट लिएका हुन्।
उनले पहिलो ओभरको तेस्रो बलमा असफाकलाई गोल्डेन डक आउट बनाए । यूएईले २५ रन जोड्दा दोस्रो विकेट गुमायो । सोमपालले १६ रनमा खेलिरहेका विकेटकिपर घुलाम सब्बिरलाई क्याच आउट गराए।
वर्षाका कारण यो खेल ३४ ओभरमा घटाईएको छ। पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो। नेपाली टोलीमा यसअघि दुई खेलमा खेलेका सबै खेलाडीलाई यूएईविरुद्ध पनि निरन्तरता दिईएको छ।
सम्बन्धित समाचार
कप्तान र उपकप्तान आउट भएपछि युएई दबाबमा, १० ओभरमा ३ विकेट ३६ रन