
इंगलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड पराजित भएको छ।
न्यु क्यासलको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड १-० गोलले पराजित भएको हो।
म्यानचेस्टर युनाइटेडको यो हारले शीर्ष स्थानको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ।
म्यानचेस्टर सिटी म्यानचेस्टरर युनाइटेड भन्दा १६ अंकले अगाडि छ।
पहिलो हाफमा बराबरी खेले पनि खेलको ६५ औँ मिनेटमा न्यु क्यासलका एम रिचीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए।