डिभिजन डू फाइनल : युएईले टस जित्यो, रोज्यो ब्याटिङ

डिभिजन डू फाइनल : युएईले टस जित्यो, रोज्यो ब्याटिङ
+
-

काठमाडौं – आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि नेपालले बिहीबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । युएईले टस जितेको छ र उसले पहिलो ब्याटिङ रोजेको छ ।

नेपालले टस जितेका अधिंकाश खेलमा पहिलो फिल्डिङ रोज्ने गरेको थियो । तर यो खेलमा टस नजिते पनि नेपालले पहिले फिल्डिङ नै गर्नु पर्ने भएको छ । केही बेरमा युएईले ब्याटिङ थाल्दैछ ।

राउण्ड रोबिन लिगका आधारमा भएको खेलमा बुधबार क्यानडालाई एक विकेटले हराउँदै नेपालले सन् २०१९ मा इंल्याण्डमा हुने विश्वकपको छनौट खेल्न पाउने भएको हो ।

नेपालले पाँच खेलमा चारमा जित र एकमा हारसहित ८ अंक जोडेर ६ राष्ट्र सम्मिलित प्रतिस्पर्धाको शीर्ष स्थानमा रहँदै छनौट खेल्न पाउने भएको हो ।

यस्तै पाँच खेलमा तीनमा जित निकाल्दै ६ अंक जोडेको युएईले शीर्ष दुईमा पर्दै छनौट तथा डिभिजन टू को उपाधिका लागि फाइनलमा स्थान बनाएको हो । नेपालसँग अन्तिम खेलमा हारेको क्यानडा भने रन रेटका आधारमा पछि परेर तेस्रो स्थानमा रहन बाध्य भयो ।

बुधबार भएको खेलमा क्यानडालाई एक विकेटले हराएको नेपालले आउँदो महिना जिम्बाबेमा एक दिवसीय विश्वकपका लागि छनौट खेल्ने छ । नेपाल लिग चरणमा ओमानसँग मात्रै हारेको थियो ।

नेपाल भर्सेस युएई : हेड–टू–हेड

यो प्रतियोगिताको लिग चरणमा भएको खेलमा नेपालले युएईलाई चार विकेटले हराएको थियो । जारी प्रतियोगितामा युएईमाथि नेपालको प्रदर्शन राम्रो रहे पनि समग्रमा भने नेपालको अवस्था राम्रो छैन ।

युएई र नेपालबिच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । त्यसमा ९ खेलमा युएई विजयी भएको छ । नेपालले मात्रै तीन खेल जितेको छ भने एक खेलमा बराबरी भएको छ ।

नेपाल र युएईबिच सन् १९९८ देखि प्रतिस्पर्धा हुन थालेको हो । तर नेपालले युएईमाथि सन् २०१२ मा आएर मात्रै जित दर्ता गरेको थियो । उसले एसिसी एलिट ट्रफीमा युएईलाई चार विकेटले हराएको हो । त्यसअघि भएका ६ खेलमा नेपाल हारेको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’