
देश सञ्चार
फाल्गुन ३, २०७४

अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री पदमा केही घन्टाअघि नियुक्ति पाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार अपराह्न पद तथा गोपनीयतको शपथ लिने भएका छन्।
उनीसहित एमालेका तर्फबाट अन्य दुई मन्त्रीले पनि बिहीबार नै शपथ लिने एमाले स्रोतले जानकारी दिएको छ।
अहिले शीतलनिवासमा प्रधानमन्त्री केपी ओलीको शपथको तयारी भइरहेको छ। ओलीलाई बिहीबार नै एमाले संसदीय दलले संसदीय दलको नेता नियुक्त गरेको हो।

