प्रदेश ५ः पूर्व कमलरी कृष्णी थारु उपसभामुख बन्ने निश्चित

प्रदेश ५ः पूर्व कमलरी कृष्णी थारु उपसभामुख बन्ने निश्चित
+
-

दाङ – कमैया महिलाको पहिचानको अधिकारका लागि करिब दुई दशकदेखि अगुवाई गर्दै आएकी बर्दियाकी कृष्णी थारु प्रदेश ५ की उपसभामुख बन्ने भएकी छन् ।

एमाले प्रदेश ५ संसदीय दलको बैठकले उनलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनले उम्मेदवारी पनि दर्ता गरेकी छन् । पूर्व कमलरी थारुको विरुद्धमा अरु दलले उम्मेदवारी नदिने भएपछि उनी निर्विरोध निर्वाचित हुने छिन् ।

गठबन्धनको भागबण्डामा सभामुख माओवादीले पाएपछि एमालेले उपसभामुख पाएको हो । मनोनयन दर्ता पछि आइतबार दिउँसो १ बजे बस्ने बैठकले उपसभामुखको निर्वाचन गर्ने छ । उपसभामुखमा अरु दलबाट उम्मेदवारी नपर्ने भएकाले प्रस्तावकले निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र समर्थकले समर्थन गरेपछि सभामुखले निर्वाचित भएको घोषणा गर्नेछन् ।

उपसभामुख निर्वाचित भएपछि सभामुखले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने व्यवस्था छ । बाल्यकालदेखि नै अरुको घरमा काम गर्दै आएकी थारु विवाहपछि पनि जमिन्दारको घरमा बुक्रहीको रुपमा काम गर्दै आएकी थिइन् ।

तत्कालीन सरकारले २०५७ साउन २ गते बाँधा श्रमिक मुक्त भएको घोषणा गरेसँगै मुक्त कमैयाकी श्रीमतीको रुपमा उनीपनि मुक्त भइन् ।
मुक्त भएपछि उनी चुप लागेर बसिनन् ।

सरकारले कमैया मुक्त गर्दा मुक्त कमैयालाई पहिचान नदिएको भन्दै विभेदका विरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचय पत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाई गर्दै आएकी छन् ।

उनले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपूरका मुक्त कमैयाको पहिचानका लागि महिलालाई संगठित गर्दै आएकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?