
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन् । नेकपा एमालेको कानुन विभागले शनिबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले न्यायपालिकाका विषयमा सडकबाटै यति धेरै विरोध हुने कुरालाई सामान्य रुपमा लिनु नहुने बताए ।
‘न्याय दिने मान्छेले आफ्नो अगाडि के छ भनेर थाहा नपाओस् भनेर नै आँखमा पट्टी बाँधेर तराजु समाएको संकेत प्रयोग गरिएको हो’ प्रधानमन्त्री ओलीले भने, ‘तर आँखामा पट्टी हैन पावर थपेर हेर्ने अवस्था बन्दा न्याय धुमिल हुन्छ ।’
प्रधानमन्त्री ओलीले देश राजीनितिक संघर्षबाट विकास र समृद्धितर्फ अगाडि बढेको बताए । प्रधानमन्त्री ओलीले देशले सुदृढ र स्थायित्वसहितको सरकार पाएकोले अब लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले अगाडि बढ्न सकिने बताए ।