आफ्नो प्रमाणपत्र सार्वजनिक गर्दै डा. केसी पत्रकार सम्मेलनमा

‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ?’

‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ?’
+
-

काठमाडौँ- प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता र योग्यताबारे प्रश्न उठाएका डा. गोविन्द केसीकै तीनथरि जन्ममिति रहेको आरोप लागेपछि उनले यसबारे स्पष्टीकरण दिन पत्रकार सम्मेलन आयोजना गरेका छन्।

टिचिङ अस्पताल परिसरमा सुरु भएको पत्रकार सम्मेलनमा डा. केसीका समर्थकहरु प्लेकार्डसहित उपस्थित भएका छन्। उनीहरुले ‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ?’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्।

डा. गोविन्द केसीले आफ्ना सम्पूर्ण सक्कल प्रमाणपत्रसहित पत्रकार सम्मेलन आयोजना गरेको उनका समर्थकले जानकारी दिएका छन्।

उनले छानबिनमा सहयोग गर्न आवश्यक गरे पदबाट समेत राजिनामा दिन पनि तयार रहेको बताएका छन् ।

उनको नागरिकताको जन्म मिति २०१३ साल असोज २७ गते र एसएलसीमा जन्ममितिमा २०१३ माघ २४ गते रहेको छ। उनले मानवीय त्रुटीले जन्ममिति फरक परेको बताएका छन्।

तस्बिरहरु- शरद ओझा/देश सञ्‍चार

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’