
दाङ– बोक्सीको आरोप लगाउँदै राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी एक महिलालाई कुटपिट गर्नेविरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा आइतवार मुद्दा दर्ता भएको छ। इलाका प्रहरी कार्यालय गढवाले आरोपीविरुद्ध मुद्धा दर्ता गरेको हो।
राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी मनोज कवर, धनबहादुर कवर, लक्ष्मी कवर, विमला कवर, खोपी नेपाली र मिना खड्का विरुद्ध अदालतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।
प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने चार जनालाई पक्रन बाँकी रहेको जनाएको छ। पक्राउ परेका तीन जनलाई म्याद थप गरेर अनुसन्धानका लागि थुनामा राखेको छ।
धनबहादुर कवरकी बुहारी इन्द्रा कवर बिरामी भएको र झारफुक गर्दा बोक्सी लागेको बताएपछि आफू माथि कुटपिट भएको भन्दै कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।
फोटो क्याप्सनः कुटपिटबाट घाइते महिला लमही अस्पतालमा उपचारको क्रममा। तस्बिर: दशरथ घिमिरे।