प्रख्यात साहित्यकार इन्द्रबहादुर राई रहेनन्

प्रख्यात साहित्यकार इन्द्रबहादुर राई रहेनन्
+
-

काठमाडौँ- नेपाली भाषाका प्रख्यात साहित्यकार ९० वर्षीय इन्द्रबहादुर राईको मंगलबार साँझ निधन भएको छ।

लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक राई दार्जिलिङमा बसोबास गर्थे। गत फेब्रुअरी ३ मा उनको ९० औँ जन्मदिन मनाइएको थियो। उनी लामो समयदेखि विभिन्न विरामीसँग जुधिरहेका थिए। दार्जिलिङको स्थानीय पत्रिका खबर पोस्टका अनुसार उनको मंगलबार साँझ निधन भएको हो।

दार्जिलिङका साहित्यकारहरुले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा दु:ख व्यक्त गरिरहेका छन्।

उनको विपना कतिपय, आज रमिता छ, कठपुतलीको मनलगायत पुस्तक तथा अन्य सिर्जनाहरु प्रकाशित छन्।

 अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि उनी प्राध्यापनमा लागे। पहिलो सङ्ग्रहका रूपमा विपना कतिपय सन् १९६१ मा आएको हो। उपन्यास सन् १९५८ मै लेखिसिध्याए पनि तर प्रकाशित हुँदा भने सन् १९६४ पुग्यो।
लीलालेखनको प्रथम आधारकृतिका रूपमा उनको ‘कठपुतलीको मन’ कथासङ्ग्रहलाई लिइन्छ। उत्तरआधुनिकतावादीहरूले पनि यसैलाई उत्तरआधुनिकताको प्रारम्भ विन्दु मानेका छन्। ‘नेपाली उपन्यासका आधारहरू’ समालोचना कृतिका लागि सन् १९७५ को ‘साहित्य अकादमी पुरस्कार’ प्राप्त गरे।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’