
काठमाडौँ- युएस बांग्ला एयरको विमान धावनमार्गमै दुर्घटनामा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने र यहाँ आउने सबै उडानहरु रद्द भएका छन्।
केही यात्रुका शव केएमसीका, केही नेपाली विद्यार्थी पनि परे
विमानस्थल अधिकारीका अनुसार दुर्घटनाग्रस्त विमान पूर्ण ध्वस्तको अवस्थामा विमानस्थलमै रहेको र उद्धार अझैसम्म चलिरहेका कारण यहाँबाट उड्ने र यहाँ आउने सबै उडान रद्द भएका हुन्।
हामीले ३० शव निकालिसक्यौँ : उच्च सुरक्षा अधिकारी
चालकदलका ४ सहित ७१ यात्रु बोकेर ढाकाबाट काठमाडौँ आएको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको ज्यान गएको उच्च सुरक्षा अधिकारीले जानकारी दिएका छन्।
सम्बन्धित समाचार
विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’
विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका
विमानमा लागेको आगो नियन्त्रणमा, विमान पूर्ण क्षति, केही गम्भीर घाइते