कांग्रेस हारको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्छ : सिंह

कांग्रेस हारको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्छ : सिंह
+
-

मोरङ-नेपाली कांग्रेसको पछिल्लो अवस्थाको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले बताएका छन्।

पूर्वउपसभापति समेत रहिसकेका नेता सिंहले देशसञ्चारसँगको संक्षिप्त कुराकानीका क्रममा निर्वाचन अघि बाम गठबन्धनलाई चिर्न नसक्नु पार्टी अगुवाइ गर्ने नेतृत्वको कमजोरी भएको उल्लेख गरे।

उनले भने, ‘यसअघि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले संविधान २०७२ जारी गर्नु भयो, कांग्रेसको चौतर्फी धन्यवादको पात्र भयो। तर अहिले कांग्रेसको अवस्था जर्जर रहेको छ।’

पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित हुदै उनले भने, ‘अब उहाँको विकल्प जनताले चाहेका छन्।यति लज्जास्पद हार ब्यहोरेर पनि उहाँ कांग्रेस हारेको छैन भन्नुहुन्छ। यसरी नै अघि बढ्ने हो भने कांग्रेसभित्रको गहिरिदो संकटले धेरै जटिलता ल्याउनेछ। तर हामी त्यो चाहान्नौ।’

सभापति देउवाले कांग्रेसको १३ औं महाधिवेशनपछि हालसम्म पनि कार्यसमितिलाई पूर्णता दिन नसकेको आरोप लगाउदै उनले भने, ‘उहाँलाई अझैपनि रिहलाइजेसन भइसकेको देखिदैन।उहा अझैपनि पार्टी हारेको छैन, केही नेता हारेको भन्नुहुन्छ। हारको जिम्मेवारी सबैको हो भन्दै पन्छिदै हुनुहुन्छ।”

उहाले अब विश्राम लिने समय आएको बताएका नेता सिंहले भने, पूर्वको मेचीदेखि महाकालीसम्मका नेता कार्यकर्ता कांग्रेसको हालको अवस्थाबाट चिन्तित रहेकाछन्।

यसैबीच निर्वाचनपछि भएका पार्टी बैठकमा निर्वाचन समीक्षा भए भन्ने प्रश्नमा नेता सिंहले भने,“केन्द्रीय समितिको बैठक चैतमा राखिएको जानकारी सञ्चारमाध्यममा आएपछि थाहा भयो। हामीलाई कुनै जानकारी गराइएको छैन। निर्वाचन समीक्षा हुने अवस्था आएकै छैन। तर हामी यसमा लागेकाछौ। निर्वाचनको समीक्षा पनि हुनेछ। कमिकमजोरी औल्याउनेछौ र जनताको घर दैलोमा पुगेर कांग्रेस पुन बलियो पार्टी हुने काम गर्नेछौ।”

अर्को एक प्रसंगमा उनले आफूहरु संसदमा रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने बताए। भोलीका दिनमा हामी गुण र दोषका आधारमा सरकारलाई समर्थन गर्नेछौ। सरकारले संसदमा बहुमतको आधारमा आफुलाई एकपक्षीय बनाए त्यसको कांग्रेसले कडा प्रतिवाद गर्ने उल्लेख गरे।

यसअघि, नेता सिंह विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि भए। कार्यक्रममा जिल्लाका कार्यवहाक सभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, विद्यार्थी शाखा प्रमुख राजु मास्के लगायतको उपस्थिती रहेको थियो। नेता सिंह बुधबार नै काठमाडौं फर्किए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?