सन्दीप भन्छन्- आईपीएल मैले हैन, नेपालले खेल्ने छ

सन्दीप भन्छन्- आईपीएल मैले हैन, नेपालले खेल्ने छ
+
-

काठमाडौ‌ंँ-

पत्रकार- आईपीएललाई लिएर कति उत्साहित हुनुहुन्छ? के भयो भने तपाईको अपेक्षा पुरा भएको मान्नु हुन्छ?

सन्दीप- मेरो सपना भनेको राष्ट्रिय टोलीबाट खेल्नु थियो। शरद भेषावकर, बसन्त रेग्मी , पारस खड्काजस्ता खेलाडीसँग खेल्न चाहन्थेँ। उहाँहरु मेरा लागि लिजेन्ड हुनुहुन्छ। अब मेरा लागि सपना पुरा हुन कुनै चिज बाँकी छैन। उहाँहरुकै मिहेनतका कारण आज नेपाली क्रिकेट यहाँसम्म अाईपुगेको छ। डिभिजन पाँचबाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउने अवस्थामा पुगेका छौँ।  त्यसैले जुन एक्साइटमेन्ट राष्ट्रिय टोलीबाट खेल्दा थियो, त्यो एक्साइटमेन्ट अब कहिले पनि हुने छैन। आज म जहाँ छु नेपाली क्रिकेट र राष्ट्रिय टोलीकै देन हो। यसमा बेन्चमा रहेका खेलाडीकाे समेत देन छ। त्यसैले आईपिएल एउटा अवसर मात्र हो जसबाट नेपाली  क्रिकेटले धेरै पाउन सक्छ। मभन्दा हकदार सिनियर खेलाडीले आगामी दिनमा आईपिएलमा अवसर पाउन सक्छन्। त्यसका लागि मैले राम्रो खेल्नुपर्छ। मैले जहिले पनि राम्रो खेल्ने प्रयाश गरेकै कारण यहाँ छु । जहाँ जहाँ खेले‌ं, मैले आफ्ना लागि हैन नेपालका लागि खेलेको छु। आईपिएलमा खेल्दा पनि मभित्र नेपाल रहने छ। किन भने म यसमा जति राम्रो गर्न सक्छु त्यो त्यति नै नेपाली क्रिकेटका लागि राम्रो रहने छ।

इन्डियन प्रिमियर लिग- आईपीएलमा सहभागी हुन जानु एकदिनअघि सन्दीप लामिछानेले सोमबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलन धेरै अर्थमा एेतिहासिक रह्यो। उनको प्रस्तुति, उनका अभिव्यक्ति सम्भवत: नेपाली खेलाडी र खेलकुदका लागि वर्षौंसम्म अादर्श बनिरहने छ। नेपालजस्तो व्यवसायिक रुपमा कमजोर रहेको खेलकुदमा हुर्किएका यी युवा खेलाडीले बोलिरहँदा अगाडि रहेका पत्रकार मुस्कुराउँदै शान्त थिएँ। कारण स्पष्ट थियो- सन्दीप हरेक शब्दमा आफू हैन, राष्ट्र जोडिरहका थिए। उनी नेपाली क्रिकेट र खेलाडीलाई फाइदा हुने विषयमा मात्र आफ्नो मिहेनत केन्द्रित हुने बताइरहेका थिए। उनले आईपीएललाई हैन, राष्ट्रिय टोली र राष्ट्रिय क्रिकेटलाई आफ्नो सपना बताइरहेका थिए। आईपीएलमा उनी नेपाली क्रिकेटकै अघोषित गुडविल एम्बासडर रहने छन्।

१७ वर्षीय सन्दीप म‌ंगलबार भारत प्रस्थान गर्नेछन्। मेडिकल टेस्ट र सुटिङपछि उनी २९ वा ३० मार्चमा दिल्ली डेयर डेभिल्सको प्रशिक्षणमा सहभागी हुनेछन्। दिल्लीले प्रतियोगिताको आफ्नो पहिलो खेलमा अप्रिल ८ तारिखमा पन्जाबसँग खेल्ने छ। प्रतियोगितामा आफूले खेल्न पाउने वा नपाउने सम्भावनाबारे उनले स्पष्ट जवाफ दिएनन्।

मात्र भने- यसमा प्राक्टिसमा हुने प्रदर्शन, अपोनेन्ट टिम लगायत धेरै कुराले असर गर्छ। त्यति ठुलो प्रतियोगितामा म नयाँ र कम अनुभवी पनि छु। तर निकै मिहेनत गर्ने छु।

सन्दीप सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेको करिब दुई वर्ष भएको छ। तर यसबीचमा उनले विश्वस्तरमा चर्चा कमाएका छन्, नेपाली क्रिकेटलाई नयाँ उचाइ दिएका छन्। ‘के यो लक मात्र थियो’ भन्ने पत्रकारको जिज्ञासामा उनको जवाफ आईपिएलमा प्राप्त हुने सम्भावना र उपलब्धीप्रति पनि लक्ष्यित थियो।

भने- लक भएर मात्र पुग्दैन, हार्ड वर्क पनि चाहिन्छ। म राष्ट्रिय टोलीको क्याम्पमा सजिलैँ परे‌ं होला तर त्यसपछि मेलै धेरै मिहेनत गरे‌‌ै। मैले सधै‌ै आफ्नो बेस्ट दिएँ र यहाँ छु।

सन्दीपको आजसम्मको सफलतामा हार्ड वर्क र लक दुवैको सन्तुलन छ।

सन्दीपले दिल्लीबाट खेल्ने अवसर पाए के उनको हार्ड वर्कको नतिजा विगतमा जस्तै रहला? सन्दीपले विगतमा पाएका अवसरमा भने आफूलाई विश्वस्तरकै खेलाडीका रुपमा प्रमाणित गरिसकेका छन्।

आईपीएलमा उनको एउटै सपना छ, आफ्ना लागि होइन, राष्ट्रिय क्रिकेट र राष्ट्रिय टोलीका धेरै  खेलाडीका लागि आईपिएलजस्तो प्रतियोगितामा ढाेका खुला गर्ने- जसरी एक सिजन अघि अाबद्ध भएका अफगानिस्तानका रसिद खानकै कारण अहिले चार जना अफगान खेलाडी आईपिएलमा छन्। सन्दीपले पनि सोही उदाहरण दिए।

 

सम्बन्धित समाचार 

आईपीएलमा जानुअघि सन्दीपको यस्तो मुस्कान!

सन्दीप आईपिएलका लागि म‌ंगलबार जाने

प्रेसर हैन, अवसर मान्छु- सन्दीप लामिछाने

अाइपिएलमा सबैभन्दा कान्छा मुजिब, तेस्राेमा सन्दीप

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?