इमरान खानले लिए शपथ, बने पाकिस्तानको २२ औँ प्रधानमन्त्री

इमरान खानले लिए शपथ, बने पाकिस्तानको २२ औँ प्रधानमन्त्री
+
-

पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीको रुपमा शनिबार शपथ लिएका छन् । उनले शनिबार बिहान पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको रुपमा शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा इमरानकी श्रीमती बुशरा मेनका पनि सामेल थिइन् । इमरानको शपथ ग्रहण समारोहमा विभिन्न देशका नेता तथा अरु क्षेत्रका अतिथि सामेल थिए ।

इमरान शुक्रबार संसदमा भएको चुनावबाट देशको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । इमरानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ। पिटिआई गएको जुलाईमा भएको चुनावमा देशको सबैभन्दा ठूलो पार्टी बनेको थियो ।

शुक्रबार प्रधानमन्त्रीका लागि संसदमा भएको चुनावबाट उनी देशको २२ औँ प्रधानमन्त्रीका रुपमा चयन भएका हुन् । उनले १७६ भोट पाए भने उनका प्रतिस्पर्धी मिस्लिम लिग, नवाजका शहबाज शरीफले ९६ भोट पाए । बिलावल भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी, पिपिपीले मतदानमा सहभागिता जनाएन ।

६५ वर्षका इमरानले अब देशको नेतृत्व सम्हाल्ने छन् । उनका सामु खराब हुँदै गएको अर्थतन्त्र उकास्ने तथा वाचा गरे अनुसार सामाजिक परिवर्तन ल्याउने चुनौती छ ।

सन् १९९२ मा पाकिस्तानलाई विश्वकप क्रिकेटको उपाधि दिलाउँदा टिमको कप्तान रहेका इमरान अब देशको कप्तान बनेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?