‘निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्छ’

‘निर्वाचनको  समाचार  संकलन कार्य सहज हुनुपर्छ’
+
-

पोखरा- नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले निर्वाचनमा मतदानदेखि मतगणनासम्म समाचार संकलनका लागि सहज वातावरण हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित ‘निर्वाचनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा उनले भने, – “समाचार संकलन गर्दा निश्पक्ष, स्वतन्त्र र सत्यतथ्यमा आधारित भएर गर्नुपर्छ ।’

महासचिव विष्टले न्यूनतम पारिश्रमिक लगायतका समस्याको समाधानका लागि वर्तमान कार्य समिति क्रियाशील बन्ने विश्वास व्यक्त गर्दै महासंघमा सदस्यता शुद्धीकरणको आवश्यकता रहेको बताए ।

महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले महासंघको सदस्यता परिचयपत्रलाई व्यवस्थित गर्दै वर्षेनी प्रदान गर्ने वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गरे।  महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रमा पेशागत मूल्यमान्यता कायम हुनुपर्नेमा जोड दिए।

महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले सदस्यता परिचयपत्र वितरण लगायतका कुरालाई सम्बन्धित शाखामार्फत गर्ने व्यवस्था गरिएमा सहज बन्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, सुरेन्द्र थापा मगर, कमल पौडेल ‘अथक’ लगायतले आ–आफ्ना धारणा व्यक्त गरे। रासस

यो पनि हेर्नुहोस्:

राष्ट्रियसभा गठन विवादमा निर्वाचन आयोग पनि उत्रियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?