अभ्यास खेलमा नेपाल पाँच विकेटले पराजित

अभ्यास खेलमा  नेपाल पाँच विकेटले पराजित
+
-

काठमाडौं- आईसिसी वर्ल्ड क्रिकेट लिगच्याम्पियनसिपअन्तर्गत आफ्नो अन्तिम खेलमायुएईसँग भिड्नुअघि शुक्रबार अभ्यास खेलमा अमेरिकासँग उत्रिएको नेपाल पाँच विकेटले पराजित भएको छ । पहिला ब्याटिंग गरेको नेपाललाई सस्तोमा समेटेर अमेरिकाले जितको सहज आधार तयार गरेको थियो ।

नेपाली टोलीले ३६.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्रजोडेको थियो ।नेपाली टोलीकालागि सर्वाधिक रन बसन्त रेग्मीले बनाए । रेग्मीले २१ रन जोडे । दिलिपनाथ १६,दिपेन्द्र सिंह १२ र कुशलभुर्तेलले १० रन बनाउनुबाहेकअन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । सागर पुननौ र मोहम्मदआरिफ शेख चार रन जोडे भने शरद भेषावकर र अनिलकुमार शाहले खाताखोल्न सकेनन् ।

नेपालले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेपनि त्यसपछि लगातार विकेट गुमाएर दबाबमाआएको थियो । अमेरिकाले २२.३ ओभरमापाँचविकेट गुमाएर लक्ष्य पुरा गरो ।अमेरिकाकाप्रारम्भिक ब्याट्सम्यान सेयदअब्दुल्लाहले ४४ रन बनाए । रोयसिल्भा २५ रनमाअविजित रहे । नेपालका बलर सोमपालकामी र सागर पुनले दुई दुई विकेट हात पारे । यस खेलमा पारस खड्का र ज्ञानेन्‍द्र मल्‍ल भने नेपाली टीममा थिएनन्।

आईसिसी वर्ल्ड क्रिकेट लिगच्याम्पियनसिपमा आठ टोली सहभागी छन् । प्रतियोगितामाप्रत्येक टोलीसँगदुई वटा खेल खेल्छ । नेपालले अबयुएईसँग मात्र खेल्न बाँकी छ । नेपाल १२ खेल खेलिसक्दानौ अंकजोडेर तालिकाको छैटौं स्थानमा छ।

नेपालको आगामी एक दिवसीय विश्‍वकपको छनोट खेल्ने र आगामीचार वर्षकालागिएकदिवशियमान्यतापाउने सम्भावना सकिसकेको छ । यस प्रतियोगितामालिग चरणको खेल समाप्तीपछि शिर्ष चार टोलीविश्वस्तरको छनोटमा पुग्नेछन् जहाँ आठ टोलीले विश्‍वकपमा बाँकी रहेका दुई स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । जारी आईसिसी वर्ल्ड च्याम्पियनसिपमा नेपालले स्कटल्यान्ड र पपुआन्युगिनीसँग भएका सबै खेलमा पराजित भएको थियो ।

नामिबियासँगदुवै खेल जितेको नेपालले नेदरल्यान्ड्स र केन्यसँग एक जित र एक हारको नतिजा निकालेको थियो । हगकंङ सँग एक खेल हारेको थियो भने एक खेल वर्षाले रद्ध भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?