झापा-चुनाव प्रचारका क्रममा राजनीतिक दलहरुले जथाभावी राखेका झण्डा तथा ब्यारहरुलाई निर्वाचन आयोगको अनुगमन टोलीले हटाउन थालेको छ। झापाका विभिन्न सार्वजनिक स्थानमा दलहरुले राखेका उनीहरुका झण्डा तथा ब्यानरलाई प्रहरीको सहयोगमा हटाइएको हो।
पूर्व पश्चिम राजमार्गका विभिन्न स्थान तथा चोकहरुमा राखिएका राजनीतिक दलका सामाग्री हटाउन थालिएको अनुगमन टोलीका प्रमुख पदमबहादुर कार्कीले बताए । उनको नेतृत्वको टोलीले विर्तामोड मुक्ति चोक आसपासका राजनीतिक दलका सामाग्री हटाएको हो।

झापाको मेचीनगर ईंटाभट्टामा आचारसंहिता विपरीत राखिएका दलका प्रचार सामाग्री हटाउँदै प्रहरी। तस्बिर: देश सञ्चार
निर्वाचन आयोग केन्द्रीय अनुगमन टोलीका प्रमुख ध्रुवकुमार चौहान नेतृत्वको टोलीले झापा क्षेत्र नं १ मा पर्ने विभिन्न स्थानका राजनीतिक दलले राखेका प्रचार सामाग्री हटाएको छ । झापा मेचीनगर नगरपालिकाको ईंटाभट्टा चोकमा दलका प्रचार सामाग्री हटाउँदै गरेका भेटिएका चौहानले राजनीतिक दललाई आग्रह गर्दा पनि नटेरेका कारण आयोग आफैंले त्यस्ता सामाग्री हटाएको बताए ।

झापाको मेचीनगर ईंटाभट्टामा आचारसंहिता विपरीत राखिएका दलका प्रचार सामाग्री हटाउँदै प्रहरी। तस्बिर: देश सञ्चार
उनले भने, ‘निर्वाचन आयोगको आग्रहलाई दलहरुले बेवास्ता गरेपछि आयोग आफैंले आचार संहिता विपरित राखिएका उनीहरुका प्रचार सामाग्री हटाउन थालेको हो ।’ आयोगको अर्को टोलीका प्रमुख कार्की नेतृत्वको टोलीले पूर्व पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डको डिभाइडरमा आचारसंहिता विपरीत राखिएका राजनीतिक दल र उम्मेदवारका झण्डा तुल र ब्यार हटाएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































