म्यानचेस्टरले आर्सनललाई ३-१ गोलले हरायो

म्यानचेस्टरले आर्सनललाई ३-१ गोलले हरायो
+
-

लन्डन-इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार रातीभएको खेलमापुर्व विजेता म्यानचेस्टर युनाइटेडले बलियो प्रतिद्वन्द्वी आर्सनललाई ३–१ गोलले हराएको छ । आर्सनलको मैदानमाभएको खेलमाम्यान युनाइटेडका जेसी लिंगार्डले दुई र एन्टोनियो भ्यालेन्सियाले एक गोल गरे ।

आर्सनललाईखेलको ७४ औं मिनेटमा स्ट्राइकर पलपोग्बाले रातो कार्ड पाएपनित्यसले म्यान युनाइटेडलाई फरक पारेन । भ्यालेन्सियाले चौथो र लिंगार्डले ११ औंमिनेटमा गोल गरेपछि म्यान युनाइटेड पहिलो हाफमा २/० गोलले अगाडि रहेको थियो । तर ४९ औं मिनेटमा आर्सनलकाअलेक्जान्डर लकाजेटले गोल गर्दै घरेलु टोलीलाई खेलमाफर्काउने प्रयाश गरेकाथिए । तर लिंगार्डले ६२ औं मिनेटमा गोल थप्दै भ्रमणकारी टोलीलाई थपबलियो बनाए । दुई गोलमा एसिस्ट गरेकापोग्बाले रातो कार्ड पाएपछि म्यान युनाइटेड केहीदबाबमाआएको थियो ।

आर्सनललाईयो जितपछि म्यान युनाइटेडले शिर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी पाँचअंकमाझारेको छ १५ खेलबाट ३५ अंकजोडेको म्यान युनाइटेड दोस्रो स्थानमा छ । शिर्षस्थानमा रहेको म्यान सिटीको १४ खेलबाट ४० अंक छ । तेस्रो स्थानमा रहेको चेल्सीको १५ खेलबाट ३२ र लिभरपुलको समान खेलपछि २९ अंक छ । आर्सनल १५ खेलबाट २८ अंकजोडेर पाँचौं स्थानमा छ।

आर्सनललाईइङ्लिस प्रिमियर लिग सर्वाधिकजितेर कीर्तिमानबनाएको म्यान युनाइटेडले सन् २०१२/१३ सिजनयता यो प्रतियोगिताको उपाधिहातपार्न सकेको छैन । म्यान सिटीले अन्तिम पटक यो प्रतियोगिता सन् २०१३/१४ सिजनजितेको थियो । घरेलुलिगमाम्यान सिटी यो सिजनएकमात्रअपराजित टोलीहो । प्रतियोगिताअन्तर्गत शनिबार रातीभएकाअन्य खेलमालिभरपुल, लेस्टर सिटी र चेल्सी पनिविजयीभएका छन् ।

आर्सनललाईचेल्सीले न्युकासललाई ३–१ गोलले, लिभरपुलले ब्रिघ्टनलाई ५–१ गोलले र लेस्टरले बर्नलीलाई १–० गोलले हरायो । टोट्टनहामभने वेस्ट ब्रुमसँगगोलरहित बराबरीमा रोकियो । कुनै समय शिर्ष होडमा देखिएको टोट्टनहामले प्रतियोगिताका पछिल्ला चार खेलमादुई हार र दुई बराबरीको नतिजानिकालेको छ ।

आर्सनललाई

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?