कांग्रेस उम्मेदवार कार्कीमाथि आक्रमण गर्ने पक्राउ

+
-

काठमाडौ-कांग्रेस उमेद्‌वार नारायण कार्कीसहित गम्भीर घाइते हुने गरी उदयपुरमा भएको विस्फोटनमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उदयपुर जिल्ला प्रहरी कार्यलयका अनुसार पक्राउ पर्नेमा बल बहादुर पुलामी छन्। स्थानिय निर्वाचनमा माओवादी केन्द्रबाट उठेर वडा सदस्यमा पराजित भएका पुलामी पछिल्लो समय नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा लागेका थिए।

नेपाल प्रहरीको केन्द्रीय कार्यालय स्रोतका अनुसार देशभर शृंखलाबद्ध रूपमा भएको विस्फोटनका घटनामध्ये आठ घटनाका १० जना अभियुक्त पक्राउ परेका छन्। कास्कीको लेखनाथ नगरपालिकाको वडा नम्बर ९, १० र ११ वडामा तीनवटा विस्फोट गराएको आरोपमा विप्लवकै तीन कार्यकर्ता पक्राउ परेका छन्।

यसैगरी बारामा विस्फोटन गराउने तयारी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। संखुवासभामा उमेद्वारमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। भोजपुरमा भएको उमेद्वारमाथिको आक्रमणको घटनामा एक जना पक्राउ परेका छन्।

यसैगरी सिराहामा प्रहरीलाई गोली प्रहार गरेको घटनामा तीन जना पक्राउ गरी अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले विस्फोट र आक्रमणका घटनामा अनुसन्धान भइरहेको र अभियुक्त पनि पक्राउ परिरहेको दाबी गरे। बाहिर भनिएजस्तो प्रहरीले चुप लागेर बसेको छैन।

प्रहरीले अनुसन्धान गरिरहेको छ र अभियुक्त पनि फेला परिरहेका छन्। पछिल्लो समय प्रहरीले विस्फोटनका घटनालाई राजनीतिसँग जोडेर हेरेको र अभियुक्तलाई समात्न पहल नगरेको आरोप लाग्दै आएको छ। प्रहरीले आक्रमणकारी तथा विस्फोटनकारीको समेत पहिचान गर्न नसकेकोमा आलोचना हुने गरेको छ।

प्रहरीको निशानामा विप्लव नेतृत्वका नेता कार्यकर्ता छन्। ‘कुनै पनि घटनालाई सुरुमा हामीले अपराधसरह व्यवहार गर्ने हो। त्यसको पछाडि राजनीतिक सम्बन्ध छ कि छैन भन्ने दोस्रो चरणको कुरा हो,’ डीआइजी नेउपानेले भने। उनले केही घटनामा अभियुक्तले आफ्नो संलग्नता स्वीकार गरे पनि उनीहरुको पृष्ठभूमि बुझ्ने काम भइरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?