
काठमाडौं–निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बस्नेतलाई भारतको नयाँदिल्लीबाट पक्राउ गरेको हो।
बस्नेत नेतृत्वको गुन्डा समूह लामो समयदेखि भारतमा बसेर चन्दा असुली र फिरौतीमा संलग्न थियो। गौचन हत्याका सात जना पक्राउ परे पनि उनीहरु सबै भाडाका ‘अपराधी’ थिए। गौचनको असोज २३ गते राजधानीको प्रयागमार्गमा हत्या भएको थियो।