विराटनगर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको सपना एमालेले लिएर हिँडेको बताएका छन्। ६ दशक लामो इतिहास बोकेको कांग्रेसमा अब बिपीको समाजवादलाई लिएर अघि बढ्ने नेतृत्वको अभाव रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसलाई एमालले आत्मसात गरेको बताएका हुन्।
विराटनगरमा आइतबार आयोजित क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले वर्तमान अवस्थामा बिपी कोइराला, गणेशमान सिंहलगायतका सपना लिएर अघि बढ्न कांग्रेसमा नेतृत्वको अभाव रहेको बताए। कोणसभामा करिब ५० मिनेट खर्चिएका ओलीले भने, ‘कांग्रेसमा बिपीको सपना बोकेर हिँड्ने चेला कोही छ? बिपीको सपना हामीले लिएर हिँडेका छौं। समाजवाद हामीले बोकेका छौ ।’
 बाम तालमेलका विषयमा धेरै भ्रमको खेती भइरहेको भन्दै उनले देश बनाउनेसँगको तालमेलबिरुद्ध भ्रम फैलाइएको उल्लेख गरे। ‘यो तालमेल मुलुक समृद्ध बनाउन, मुलुकमा स्थायित्व कायम राख्न, सुशासन कायम राख्न, कानुनी राज्यका लागि बनेको हो । एमालेको काँधमा देश बनाउने जिम्मेवारी रहेको छ त्यसैगरी, माओवादीको काँधमा पनि।’
बाम तालमेलका विषयमा धेरै भ्रमको खेती भइरहेको भन्दै उनले देश बनाउनेसँगको तालमेलबिरुद्ध भ्रम फैलाइएको उल्लेख गरे। ‘यो तालमेल मुलुक समृद्ध बनाउन, मुलुकमा स्थायित्व कायम राख्न, सुशासन कायम राख्न, कानुनी राज्यका लागि बनेको हो । एमालेको काँधमा देश बनाउने जिम्मेवारी रहेको छ त्यसैगरी, माओवादीको काँधमा पनि।’
करिब तीनमहिने नाकाबन्दीका विषयमा उनले मुलुकको शिर झुक्ने अवस्था आए आफूहरुले कहिल्यै शिर नझुकाउने बताए। एमाले छिमेकी राष्ट्रसँग सुमुधुर एवं सन्तुलित सम्बन्ध चाहेको बताउँदै उनले टक्कर र प्रतिस्पर्धा गर्ने सोचमा एमाले नरहेको स्पष्ट पारे। उनले भने, ‘हामी वैरभाव चाहदैँनौ, तर आन्तरिक मामिलामा कसैको हस्तक्षेप सहन्नौं। आगोमा हात हाल्दा पोल्छ, बरु नहाल्दै बेस हुन्छ।’

राजनीतिक पार्टी देश बनाउनतर्फ समर्पित हुनुपर्नेमा जोड दिँदैं अध्यक्ष ओलीले भने, ‘देश र जनताको हितमा काम गर्न र स्थायीत्व कायम गर्न पार्टी समर्पित हुनुपर्यो। पार्टी ठगी खाने भाँडो हुनुभएन।
कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितले निर्वाचनपूर्व कांग्रेसमा कामज्वरो आएको र बौलाउने अवस्थामा पुगेको टिप्पणी गरे। निर्वाचनमा बाम गठबन्धनको जित सुनिश्चित भएको उल्लेख गर्दै पण्डितले वर्तमान बनाउने जिम्मेवारी वामगठबन्धनको भएको उल्लेखसमेत गरे।
कार्यक्रममा बामगठबन्धनका नेता लीलामणि पोखरेल, मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार अमनलाल मोदी, प्रदेशसभाका जीवन घिमिरे, विजयकुमार विश्वास, मोरङ क्षेत्र नम्बर ६ का प्रदेशसभा जीवन आचार्य, रमेश पोखरेल पनि उपस्थित थिए। मोरङका ६ वटा निर्वाचन क्षेत्र अन्र्तगत प्रतिनिधिसभामा बामगठबन्धनका तर्फबाट एमालेका ४ र माओवादीका २ उम्मेदवार छन्।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































