
सप्तरी-संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद , असमानता तथा भेदभाव अत्य गर्नका लागि मधेशी जनताले राजपा फोरम गठबन्धनलाई मतदान गर्नुपर्ने बताएका छन्।
सप्तरीको राजविराजमा आइतबार कार्यकर्तासँगको भेटका क्रममा सप्तरीसहित तराई मधेशको विकास नहुनुमा सदियौँदेखि विभेद र असमानताको कारण भएको बताए।
सप्तरी जिल्ला नेपालको तेस्रो पछाडि परेको जिल्ला रहेको बताउँदै बेरोजगारी न्यूनीकरण गर्न र राज्यद्वारा खोसिएको अधिकार प्राप्तिका लागि मधेश गठबन्धनलाई नै भोट दिनुपर्ने उनको धरणा रहेको छ ।
सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा दुई तिहाइ मतबाट प्रदेश नं २ मा मधेश सरकार निर्माण गर्नुपर्ने जिकिर गर्नुभयो । यहाँ उद्योग, सिँचाइ र कृषिको विकास भए मात्र तराईको विकास हुने र यसका लागि प्रदेश नं २ मा राजपा फोरमको गठबन्धनलाई जिताउन आग्रह गरे।
विभेद, असामानता तथा भेदभाव र तराई मधेशको विकास नभएसम्म राजपा फोरमको गठबन्धनले संघर्ष जारी राख्ने बताउँदै चुनावपछि २ नं प्रदेशको आठ जिल्ला मधेश प्रदेश बन्ने र मधेशी जनताले समान अधिकार पाउने अध्यक्ष यादवले विश्वास व्यक्त गरे।
वर्तमान संविधानमा राज्यको संरचनामा समेत विभेद रहेको बताउँदै त्यो संरचना सच्याउनुपर्ने र संविधान संशोधनका लागि मजबुद महुमदको आवश्यकता रहेको उनको भनाइ थियो ।
सो अवसरमा राजपाको महासचिव मनिसकुमार सुमनले शहीदको सपना बिर्सिन नहुने बताएको छ । सप्तरी क्षेत्र नं २ (ख)का प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले सप्तरी जिल्लाको १२ वटै सिटमा मधेशी गठबन्धनको जित हुने दाबी गरे।