‘सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको छु’

‘सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको छु’
+
-

इनरुवा-नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको बताएका छन्। सुनसरीको बर्जु गाउँपालिकामा आइतबार सुनसरी क्षेत्र नं ३ ले आयोजना गरेको बृहत् चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताएका हुन्।

नेपाली काँग्रेसका तर्फबाट सुनसरी क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले आफू पटकपटक यो क्षेत्रबाट जितेर गएको र त्यसपछि यस क्षेत्रको डुबान कटान र हिलो धुलो रहेको बाटोमा ग्राभेल तथा पुल निर्माण गरिदिएको बताए।

उनले सुनसरी क्षेत्र नं ३ मा आफूले गरेको विकास जनताको आँखासामु छर्लङ्ग रहेको बताउँदै एमाले माओवादीले गरिरहेको चुरीफुरी जनताले बुझिसकेकाले आफू छैटौँ पटकसमेत जित्‍ने जिकिर गरे। उपप्रधानमन्त्री गच्छदारले बाँकी रहेको काम अब पूरा गर्ने र ५ वर्षभित्र सबै बाटो कालोपत्र गर्नेसमेत दाबी गरे। कार्यक्रममा तीन सयभन्दा बढी विभिन्‍न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । रासस

यो पनि हेर्नुहोस्:

विजयकुमार गच्छदार विजयी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?