प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम फेला

प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम फेला
+
-

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवा बसेको धनगढीस्थित होटल डिभोटी नजिकै बम फेला परेको छ।धनगढी उपमहानगरपालिका वडा नम्वर ५ तारानगर पुलनजिकै सोमबार बिहान बम फेला परेको हो।

करिब बिहान ७ बजेतिर प्रहरीको पेट्रोलिङ टोलीले बम फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए। उनका अनुसार टिफिन डब्बामा राखिएको टाइमबमलाई सेनाको टोलीले बिहान ९ बजेतिर निस्क्रिय पारेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीले प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम फेला पारेपछि धनगढीमा सुरक्षा व्यवस्था कडा पारेको छ।  तीन दिनदेखि धनगढीमा रहेका प्रधानमन्त्री देउवाको  सोमबार डडेलधुरा जाने कार्यक्रम छ।

यो पनि हेर्नुहोस्:

कैलालीमा बमको परवाह नगरी उत्साहजनक मतदान

प्रधानमन्त्री निवास नजिकै बम

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?