उत्साही विवेकशील

उत्साही विवेकशील
+
-

काठमाडौं– सानो गौचरण मैदानमा कुनै प्रदर्शनी जसरी स्टलहरु राखिएको थिए। स्टलमा १८ देखि २२ उमेर समूहका युवा युवतीहरु बसेका थिए। स्टल विवेकशील साझा पार्टीबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरुको थियो।
स्टलबाट उम्मेदवार, तिनका एजेण्डा अनि प्रतिबद्धताहरु बारे जानकारी दिईदै थियो।

सानो गौचरणमा विवेकशील साझा पार्टीको चुनावि सभा भएकाले पनि स्टलमा गई जानकारी लिने धेरै मानिसहरु देखिन्थे।
एकातिर उम्मेदवारहरु मतदातासँग कुरा गर्दै थिए भने अर्कोतिर कार्यकर्ताहरु स्टलबाट जानकारी दिंदै थिए।

कार्यक्रमको आयोजना क्षेत्र नम्बर ४ र ५ ले गरे पनि सानो गौचरणमा विवेकशील साझाका काठमाडौंमा धेरै उम्मदेवारहरु भेला भएका देखिन्थे।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्र भने देखिएका थिएनन्।
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार उज्ज्वल थापा, क्षेत्र नम्बर ४ कि उम्मेदवार सुबुना बस्नेत र क्षेत्र नम्बर ६ कि उम्मेदवार अनुपा थापा अन्य उम्मेदवारको तुलनामा व्यस्त देखिन्थे।

स्टलमा बसेर जानकारी दिदैं गरेकी झापा घर भएकी १९ बर्षिय भावना रावतले विवेकशील साझा पार्टी ईमान्दार छ भन्ने विश्वास लागेर आफु यसमा लागेको बताईन। उनले मनोनयन दर्ता अघि देखी नै काठमाडौं क्षेत्र नम्बर ४ मा सुबुना बस्नेतको प्रचारप्रसारमा सक्रिय रहेको पनि जानकारी दिईन। रावतले झापा क्षेत्र नम्बर १ मा आफ्नो मतदाता नामावली रहेकाले सोमबार गृहजिल्ला जाने बताईन।
मतदाता सँग निकै व्यस्त देखिएका उज्ज्वल थापा सँग कुरा गर्न निकै गाह्रो हुदै थियो। मतदाता संगको साक्षात्कारलाई एक छिन बिट मार्दै थापाले देशसंचार सँग भने, दोश्रो संविधान सभा निर्वाचनमा कुकुर चिन्ह लिई स्वतन्त्र उम्मेदवार हुँदा मतदातालाई आफ्ना कुरा सुनाउन कठिन थियो तर अहिले परिचय नै दिनु परिरहेको छैन। उनले मतदाताहरु आफैं कुरा गर्न आईरहेको र आफ्ना कुरा पनि धर्यपुर्वक सुनिरहेको बताए।
थापाले भने, विदेशमा रहेका नेपालीहरुले आफ्नो घरमा फोन गरेर विवेकशील साझा र तराजु चिन्हबारे जानकारी दिईरहेको थाहा पाए।
घरदैलोको क्रममा मतदाताले छोरा/छोरीले विदेशबाट फोन गरेर तराजुमा भोट हाल्न भनेकाले यसपाली मेरो भोट तपाईलाई जान्छ भनेर भन्ने गरेको थापाले वताए।

जनताले परिवर्तन खोजिरहेको छन् उनले भने, पुराना पार्टीहरुले प्रतिवद्धता धेरै गर्ने तर काम थोरै पनि नगर्ने चरित्र देखिएका छन्। जनतालाई पुराना नेता र पार्टीबाट विकास र सम्वृद्धि सम्भव छैन भन्ने लागेकाले आउँदो निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको थापाले दावी गरे।

कार्यक्रममा युवाहरु र महिलाको उल्लेख सहभागी रहेको थियो।

कार्यक्रममै सहभागी तनहुँ १ मतदाता ३० बर्षिय राजु अधिकारीले यसपालि तराजुलाई मत दिने बताए। पेशाले बैंकर रहेका उनले भने, हाम्रो क्षेत्रमा विवेकशील साझाको प्रत्क्षय तर्फको उम्मेदवार छैन त्यसैले प्रत्क्षयमा कसलाई मत दिने अझै निश्चित भईसकेको छैन तर समानुपातिक तर्फ मेरो मत तराजुमै जान्छ।

काठमाडौं ३ का मतदाता रहेका ७८ बर्षिय दिपक थापाले आक्रोशित हुँदै पुराना राजनीतिक दलले सिस्टम विगार्ने काम मात्रै गरेकाले यसपटक आफुले विवेकशील साझालाई मतदान गर्ने वताए।

काठमाडौं १ का मतदाता रहेका ३५ बर्षीय राजेश महर्जनले आफ्नो मत कसलाई जाने अझै केहि टुंगो नलागेको वताए। उनले भने, चुनाव जित्नु अघि सबै नेता उस्तै हुन्छन् जिते पछि भने निकै फरक देखिन्छन्। घरमा कसैले नयाँ पार्टीलाई र कसैले पुरानोलाई मत दिने भन्ने गरेको उनले बताए।

गोकर्ण घर भएका इन्द्र राज गिरिले २०६४ सालको संविधान सभा निर्वाचन देखी मै मत दिएको बताए। पेशाले बैंकर रहेका उनले भने, यस पटक सायद नयाँ पार्टीलाई मत दिन्छु होला तर पनि मतपत्र हातमा नपर्दा सम्म मनस्थिति परिवर्तन पनि हुन् सक्छ।

भक्तपुर १ का मतदाता रहेका निश्चल संग्रौलाले यस पटक विवेकशील साझा राष्ट्रिय पार्टी बन्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताए। पेशाले प्राध्यापक रहेका उनले भने, अहिलेका मूल धारका पार्टीको कामबाट सन्तुष्ट हुने आधार नभएकोले विकल्प खोज्नु परेको हो।

कार्यक्रम उपस्थित प्रायले राष्ट्रिय झण्डा बोकेका थिए। कार्यक्रममा उपस्थित ज्ञानेश्वर घर भएकी सृष्टि श्रेष्ठले अझै पनि मत कसलाई दिने भन्ने नसोचेको बताईन। छिमेकीले सानो गौचरणमा विवेकशील साझा पार्टीको कार्यक्रम छ भनेकाले आफु सहभागी भएको उनले बताईन।

काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता रहेका मनोज कोईरालाले २०४८ सालदेखी मत दिदैं आएको र हरेक पटकको निर्वाचनमा फरक फरक उम्मेदवारलाई मत दिने गरेको बताए। उनि यस पटक कसलाई मत दिने बन्ने निर्णय मौन अवधिमा लिने बताउँछन्।

विवेकशील साझाले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेको सफा ट्याम्फुलाई पनि कार्यक्रम स्थलमा राखेको थियो।

विवेकशिल साझाको चुनावी सभालाई उज्ज्वल थापा, विवेकशील साझा केन्द्रीय सदस्य गोविन्द नारायण, रन्जु दर्शना, सुबुना बस्नेत, अनुपा श्रेष्ठ, काठमाडौं ३ कि उम्मेदवार डाक्टर सुनिता सिंह लामा लगाएतले सम्बोधन गरेका थिए।

उज्ज्वल थापाले आफ्नो उम्मेदवारी देशमा गरि खाने माहोल बनाउन भएको बताएका थिए। उनले भने, भारत चिन लगायतका देशहरुले आफ्ना उत्पादन निर्यात गरिरहेको अवस्थामा नेपालले युवा जनशक्ति निर्यात गरिरहेको छ। अहिलेको राजनीतिक सिस्टमले गरि खाने वातावरण निर्माण गर्न सकेन त्यसैले हामी काम गरिरहेका हरुले राजनीतिमा आउनुपर्यो।

सुबुना बस्नेतले देश युवाहुरुले मात्रै चलाउन सक्ने भन्दै उनले प्रश्न गरिन ७० बर्षका बृद्धले आफुलाई त राम्ररी समाल्न सक्दैनन् भने देश कसरी बनाउन सक्छन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?