
झापा-आगामी मंसिर २१ गते प्रतिनिधिसभा तथा प्रदेश सभाको दोस्रो चरणको चुनावका लागि सोमबार साँझ ६ बजेदेखि नेपाल भारत सीमा नाका बन्द हुने भएको छ ।
सोही अनुरुप पूर्वी नेपालको सीमा नाका काँकरभिट्टा–पानीटेंकी नाका पनि सोमबार साँझ ६ बजेदेखि बन्द हुने झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । उनका अनुसार उक्त नाका ७२ घन्टाका लागि बन्द हुनेछ। २१ गते साँझसम्म नाका बन्द हुने उनले बताए।
नाका बन्द भएका बेला भारततिरबाट नेपाली नागरिकहरुले भने नेपाल प्रवेश पाउने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराई बताए ।
त्यस्का अतिरिक्त विवाह तथा एम्बुलेन्सलाई आवत जावत गर्न दिइने उनले जानकारी दिए । भट्टराईले भने, ‘नेपाली बाहेक अन्य देशका नागरिकलाई नाका बन्द भएका बेला नेपाल प्रवेश गर्न दिइने छैन ।’
यो पनि हेर्नुहोस्: