स्वरसम्राट नारायण गोपालको स्मृति दिवस आज

स्वरसम्राट नारायण गोपालको स्मृति दिवस आज
+
-

काठमाडौं- स्वरसम्राट नारायणगोपालको २७ औं स्मृति दिवस मंगलबार विभिन्‍न कार्यक्रम गरी मनाइँदैछ। नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा विभिन्‍न कार्यक्रम हुँदैछन्।

नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायणगोपालको २०४७ साल मंसिर १९ गते ५१ वर्षकै उमेरमा निधन भएको थियो। संगीतका हरेक विधाका गीतमा दिएको अद्भूत स्वरका कारण नारायणगोपाल नेपाली सांगीतिक क्षेत्रका सर्वाधिक सफल गायक साबित भएका छन्।

वि‍स‍ १९९६ साल असोज १८ गते काठमाडौंमा जन्मिएका नारायण गोपालले २० वर्षे उमेरदेखि सुरु गरेको औपचारिक गायन यात्रामा ‘स्वर्गकी ‘रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो जोवन जान लाग्यो’, ‘प्रियसीका यादहरु’, ‘एउटा मान्छेको मायाले’, ‘म त लाली गुराँस भएछु’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’, ‘मेरो आँखालाई राख्‍ने’ जस्ता सयौँ कालजयी गीत गाएका छन् । नारायण गोपालले २०३६ सालमा साँस्कृतिक संस्थानको महाप्रबन्धकको जिम्मेवारी समेत निर्वाह गरेका थिए।

यसैबीच नारायण गोपाल संगीत कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कारबाट यस वर्ष वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई सम्मान गरिँदैछ।

नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने यो सम्मानको राशी ५० हजार र सम्मानपत्र रहेको छ । विसं २०४९ सालदेखि दिन थालिएको पुरस्कारबाट पहिलो पटक लोक गायक झलकमान गन्र्धव सम्मानित भएको थिए।

त्यसैगरी गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरिने कोषका महासचिव उषा शेरचनले जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?