कैलालीमा बमको परवाह नगरी उत्साहजनक मतदान

+
-

कैलाली–कञ्चनपुरसहित प्रदेश नम्बर ७ का पाँच जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइइहेको छ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि बिहान ७ बजेदेखि मतदानको समय तोकिए पनि मतदाताहरु बिहान ६ बजेदेखि नै लाइन लागेका थिए। अहिले पनि यहाँका मतदान केन्द्रमा मतदाताहरुको ठूलो लाइन छ। प्रदेश नं. ७ का कैलाली, कञ्चनपुरसहित डडेल्धुरा, अछाम र डोटीमा बिहीबार मतदान भइरहेको छ।

यीबाहेक प्रदेश नम्बर ७ का बाजुरा, बझाङ, दार्चुला र बैतडीमा पहिलो चरणमा मतदान भइसकेको छ। बिहीबार बिहान कैलालीको धनगढी र गौरीगंगा नगरपालिकामा बम फेला परे पनि मतदाताहरुको उत्साहमा कमी आएको छैन। दुवै स्थानमा भेटिएको बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो।

मतदाता तर्साउन बम राखिएको भए पनि मतदाताहरु उत्साहजनक ढंगले मतदानमा सहभागी भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। बम फेला परेपछि सुरक्षा व्यवस्था थप मजबुत पारिएको उनले बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’