प्रचण्डभन्दा बिक्रम पाण्डे अगाडि

प्रचण्डभन्दा बिक्रम पाण्डे अगाडि
+
-

चितवन– प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका उम्मेदवार विक्रम पाण्डेसँग ६० मतले पछि परेका छन्। प्रारम्भिक मतगणनाको परिणाम औपचारिकरुपमा बाहिर नआए पनि स्रोतका अनुसार करिब ९ सय मत गन्दा दाहाल ६० मतले पछि परेका हुन्।

उता क्षेत्र नम्बर एकमा भने स्वस्तिक छापको विषयमा विवाद भएपछि मतगणना रोकिएको छ । मतगणना अधिकृत परमेश्वर पराजुलीले मधुरो स्वस्तिक छापलाई मान्यता नदिएपछि नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले मतगणना रोक्दै मतदानस्थल छोडेका छन्। मतपत्रमा चुनावचिन्ह र छाप बुझिएसम्म त्यसलाई मान्यता दिने भन्ने सहमति भए पनि मतगणनास्थलमा मधुरो छापलाई मान्यता नदिएपछि बुर्लाकोटी बाहिरिएका हुन्। करिब १३ सय मत गणना भइसकेपछि साढे १२ बजेतिर बुर्लाकोटीले मतदानस्थल छोडेका हुन्। मतगणना अधिकृत परिवर्तन नभएसम्म मतगणना हुन नदिने उनले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?