विराटनगर- कोइराला परिवारको एेतिहासिक थलाे मोरङको क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका लोकप्रिय नेता मानिने डा. शेखर कोइरालाले पराजय व्यहोर्नुपरेको छ। उनलाई एमालेका लालबाबु पण्डितले पराजित गरेका हुन्।
मतगणनाको सुरुदेखि नै अग्रता लिइरहेका पण्डित डा. कोइरालाभन्दा ६७५ मतले विजेता बनेका हुन्। पण्डितले ३३ हजार ९४१ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका प्रभावशाली नेता डा. शेखरले ३३ हजार २६६ मत प्रप्त गरेका छन्।
सामान्य प्रशासनमन्त्री हुँदा विदेशी पीआर भएका कर्मचारीलाई सरकारी सेवाबाट बर्खास्त गर्ने निर्णयका कारण पण्डित चर्चित बनेका थिए। उनको हालै आत्मकथासमेत प्रकाशन भएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































