कञ्‍चनपुरमा बामको अग्रता कायमै

+
-

कञ्‍चनपुर- कञ्‍चनपुरका तिन वटै प्रतिनिधि सभाका सिटमा बाम गठबन्धनले अग्रता कायम राखेको छ। क्षेत्र नम्बर १ मा गठबन्धनकि साझा उम्मेदवार विना मगरले नेपाली काँग्रेसका दिवान सिंह बिष्ट लाई ७ हजार ३ सय ६६ मतले पछि पारेकी छिन्। मगरले १६ हजार ४ सय ५४मत प्राप्त गर्दा बिष्ट ले ९ हजार ८८ मत प्राप्त गरेका छन्।

मतगणनाको सुरुवात देखि अग्रता लिएका क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार नर बहादुर धामीले नेपाली काँग्रेसका एनपि साँउदलाई ३ हजार ९सय २० मतले पछाडि पारेका छन्। गठबन्धनका धामीले १६ हजार ५३९ मत ल्याउँदा साँउदले १२ हजार ६१९ मत ल्याएका छन्।

मतगणनाको प्रारम्भ बाटै कडा प्रतिस्पर्धा भईरहेको क्षेत्र नम्बर ३ मा गठबन्धनका डा. दीपक प्रकाश भट्टले नेपाली काँग्रेस रमेश लेखकलाई १७० मतले पछि परेका छन्। भट्टले १२ हजार ७३९ मत ल्याउँदा लेखकले १२ हजार ५६९ ल्याएका छन्।

प्रदेश सभा तर्फ पनि गठबन्धनका उम्मेदवारहरुले नै अग्रता कायम गरेका छन्। प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ ‘क’ मा गठबन्धनका प्रकाश रावलले ३ हजार २८४ मत ल्याउँदा नेपाली काँग्रेसका यज्ञ राज जोशी ३०३० मत ल्याएका छन्। कञ्‍चनपुर ३ को ख मा गठबन्धनका मान बहादुर सुनार ६ हजार २ सय ३२ मत ल्याउँदा नेपाली काँग्रेसका बेल बहादुर राना ५ हजार ५ सय ७२ मत ल्याएका छन्।

प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ ‘क’ मा गठबन्धनका महेश दत्त जोशीले ८ हजार ८५८ मत ल्याउँदा नेपाली कांग्रेसका पुष्कर राज ओझा ५ हजार ९१७ मत ल्याएका छन्। प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ‘ख’ मा  गठबन्धनका लाल बहादुर खडकाले ९ हजार २ सय ८६ मत प्राप्त गर्दा काँग्रेसका वहादुर सिंह थापा ६ हजार ९ सय १९ मत प्राप्त गरेका छन्।

प्रदेश सभा निर्वाचन क्षेत्र नं।१ ‘क’ मा गठबन्धनका तारा लामा तामाङले ११ हजार ४८२ मत प्राप्त गर्दा नेपाली काँग्रेसका गोपाल सिह गुरुङले ५ हजार ८८३ मत प्राप्त गरेका छन्। प्रदेश सभा निर्वाचन क्षेत्र नं। १ ‘ख’ मा गठबन्धनका कुलविर चौधरीले ३ हजार ८४६ मत पाप्त गर्दा नेपाली काँग्रेसका राम लाल रानाले २ हजार ९६३ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?