रामजनमको अपराजित यात्रामा गौरीशंकर तगारो

रामजनमको अपराजित यात्रामा गौरीशंकर तगारो
+
-

कैलाली-कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा २०४८ साल यताका सबै निर्वाचनमा विजयी पुर्वमन्त्री रामजनम चौधरीलाई यस पटक थारु समुदायकै नेता गौरीशंकर चौधरी तगारो बनेका छन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा थारु समुदायका यी दुई पुर्व मन्त्रीबीच रोचक प्रतिस्पर्धाको आकलन गरिएपनि माओवादी केन्द्रका उमेद्वार गौरीशंकर चौधरीले मतान्तर बढाउदै अग्रता लिएपछि रामजनमको बिजयी यात्रामा पुर्णबिराम लाग्ने संकेत देखिएको हो ।

आईतवार बिहान ३६ हजार ६ सय ११ मत गणना भईसक्दा गौरीशंकर झण्डै २४ सय मतले अगाडी छन। उनले १४ हजार २ सय ७६ मत पाउदा रामजनमले ११ हजार ८ सय ८३ मत पाएका छन। कैलाली ३ मा पहाडि समुदाय भन्दा बढी थारु समुदायका मतदाता छन । नेपाली कांग्रेशबाट उमेद्वार बनेका रामजनम चौधरी अहिलेसम्मका अविजित नेता हुन।

२०६४ सालमा काँग्रेसले टिकट नदिएको भन्दै रामजनम विजयय गच्छदारको पार्टीमा गएर समानुपातिक सभाषद बनेका थिए। पुराना काँग्रेसी राजमजनम यसपाली काँग्रेसमै फर्किएका हुन । रामजनमले २०४८ को आम निर्वाचन, २०५१ सालको मध्यावधी र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट चुनाव जितेका थिए।

२०७० सालको निर्वाचनमा उनले फोरक लोकतान्त्रीकबाट चुनाव लडेर काँग्रेसका आफ्नै सहयात्री नारायणदत्त मीश्रलाई पराजित गर्दै चुनाव जितेका थिए। यता, बाम गठबन्धनका उमेदवार गौरीशंकर चौधरी तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा जनमुक्ति सेनाका कमाण्डर हुन। सुदूरपश्चिममा २०७० सालको निर्वाचनमा माओवादी केन्द्रबाट गौरीशंकर चौधरीले मात्रै साविकको ४ नम्बर क्षेत्रबाट चुनाव जितेका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’