नारायणकाजीपछि संकटमा बामदेव

नारायणकाजीपछि संकटमा बामदेव
+
-

बर्दिया- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनले देशब्यापी रुपमा जितको लहर ल्याइरहेको बेला सोही गठबन्धनका प्रमुख सुत्रधार एमाले उपाध्यक्ष बामदेव गौतम आफ्नै क्षेत्रमा संकटमा परेका छन्।

बर्दिया- १बाट प्रतिस्पर्धा गरिरहेका गौतम कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमभन्दा करिब तीन हजार मतले पछाडि छन्। यस क्षेत्रमा अब करिब २५ हजार मत गणना हुन् बाँकी छ।

सिँचाइँमन्त्री गौतमले ३७ हजार १ सय ५४ मत प्राप्त गर्दा एमालेका उपाध्यक्ष गौतमले ३४ हजार ३ सय ४६ प्राप्त गरेका छन्।

गठबन्धनका अर्का सुत्रधार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गोरखा २ बाट पराजित भएको भोलिपल्ट गौतम पनि कमजोर स्थितिमा देखिएका छन्।

एमाले उपाध्यक्ष गौतमले प्रारम्भिक मतगणनामा अग्रता लिएका थिए। यसअघि दोस्रो संविधानसभा निर्वाचनमा प्युठानबाट समेत गरी दुई ठाउँबाट निर्वाचित भएका गौतम यसपटक बर्दियामा मात्रै उम्मेदवार भएका छन्।

बर्दिया १ मा एक लाख ३९ हजार ३६२ मतदाता रहेकोमा करिब ९९ हजार मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’