संविधानसभामा दुवै पटक हारेका शर्मा यसपालि चुनिए

संविधानसभामा दुवै पटक हारेका शर्मा यसपालि चुनिए
+
-

देउखुरी-  २०५४ सालमा साविक चैलाही गाविसको अध्यक्ष भएका रेवतीरमण शर्मा पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए।  राजनीतिको शब्दकोषमा थकान र हरेस दुवै हुँदैन भन्ने मान्यताको उदाहरणीय पात्र बन्न सफल भए यसपटक। निरन्तर नेकपा एमालेको राजनीतिमा सक्रिय रेवतीरमण शर्मा प्रदेशसभा निर्वाचन दाङ क्षेत्र नं. १(२) मा वाम गठवन्धनका उम्मेदवार बनेर निर्वाचित भएका हुन्।

फराकिलो मतान्तरले कांङ्ग्रेसका उम्मेदवारलाई पछि पार्दै शर्मा विजय भए। ‘जनताको सेवा गर्न कुनै पदमा पुग्नैपर्छ भन्ने केही छैन । संविधान सभाको निर्वाचनमा पराजित भए पनि जनताको सेवा गर्ने मेरो चाहना, सोचाइ र इच्छाशक्तिमा कहिले पनि कमी आएन’, उनले भने, ‘बरु अझ बढी उत्साहका साथ जनताको सेवामा जुटिरहें । पदभन्दा सेवालाई महत्व दिएको छु ।’

नेपाली कांग्रेसका उम्मेदवार जानकीलाल बस्नेतलाई ६ हजार ६ सय १ मतले पछाडि पार्दै शर्मा विजयी भएका हुन्। शर्माले १९ हजार ३ सय ५४ र बस्नेतले १२ हजार ७ सय ५३ मत ल्याए । ‘संविधानले दिएका अधिकारहरुको कार्यान्वयन गर्दै जनताको पक्षमा काम गर्नेछु’, शर्माले प्रतिक्रिया दिँदै भने, ‘घोषणापत्रमा उल्लेख गरिएका र जनचाहना अनुसारका काम मेरो प्राथमिकतामा पर्छ, सन्तुलित विकासको अवधारणा अनुसार योजना लिएर गाउँ पस्छु ।’ शर्मा विजयी भएपछि उनलाई स्वागत गर्न गाउँगाउँबाट समर्थकहरु लमही आइपुगेका थिए।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’