जितको नजिक पुगेका रेशमले भने, मलाई मिडियाले हेप्यो

जितको नजिक पुगेका रेशमले भने, मलाई मिडियाले हेप्यो
+
-

कैलाली क्षेत्र नम्बर एकबाट विजयको नजिक पुगेका राष्ट्रिय जनता पार्टीका उम्मेदवार तथा टीकापुर हत्याकाण्डमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशम चाैधरीले आफूलाई मिडियाले हेपेकाे बताएका छन्।

पछिल्लो मतगणनाअनुसार उनले २३ हजार १ सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले ७८२० मत ल्याएकी छन्।  नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्याैपानेले ६ हजार ४ सय मत प्राप्त गरेकी छन्।

जितको नजिक पुगेका रेशमले फेसबुकमा लेखेका छन्, ‘कैलाली थरुहटका मेरा साथीहरू, सडकमा सुतेर आफ्नो पहिचानको लागि भोटको रक्षा गर्दैछन्। म प्रवासमा छु, न खान दिएको छु, न सन्चो बिसन्चो सोध्न पाएको छु। अरुको भए छिनछिनमा समाचार आउँथ्यो, सायद डकुमेन्ट्री नै बनिसक्थ्यो तर थारु न हुन्- राज्यबाट हेपिएका, थिचिएका र आफ्नो सदर मत आउँदा पनि बदर भो भनी सहन बाध्य भएका। छेउमै मिडिया आउँछन् रे, अनि सोध्छन् – हत्याराको मत यति धेरै कसरी आयो हँ? कान्तिपुर, अन्नपूर्ण पोस्ट, नागरिक दैनिक र टेलिभिजन पत्रकारहरुको नजर पनि छेउमै भएको डिभोटी होटेलमा पर्दोरहेछ। एकजना शुभचिन्तकले यो फोटो खिचेर पठाइदिए, आफ्नो पहिचानको लागि सडकमा सुत्न सक्ने योद्धाको निन्द्राका लागि मैले आफ्नो निन्द्रालाई तिलान्जली दिने निर्णय गरें।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?