ओलीले भने, अब गाली गर्ने दिन सकिए

ओलीले भने, अब गाली गर्ने दिन सकिए
+
-

भद्रपुर- सोमबार बिहान यति एयरलाइन्सको विमानबाट भद्रपुर विमानस्थल ओर्लेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सयौं मान्छे विमानस्थल पुगेका थिए।

सञ्चारकर्मीहरुको समेत बाक्लै उपस्थिति थियो । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछिको उनको अभिव्यक्ति निकै महत्वपूर्ण हुने ठानेर विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु बाक्लै थिए। चुनावको प्रचारका क्रममा विपक्षी नेपाली कांग्रेसप्रति खरो रुपमा प्रस्तुत भएका ओलीले भद्रपुर विमानस्थलमा कांग्रेसप्रति कुनै आलोचनात्मक धारणा राखेनन्। नयाँ सरकारका प्राथमिक्ताका कुरा मात्र गरे ।

त्यसपछि उनी सिधै झापाको निर्वाचन क्षेत्र नं ५ को निर्वाचन अधिकृतको कार्यालयमा आई प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र लिए। केही बोल्छन् भनेर माइक्रोन, क्यामेरा र रेकर्डर बोकेर तम्तयार रहेका पत्रकारहरुलाई खासै खुराक भएन। उनले विपक्षीलाई गाली गर्ने दिन गएको बताए। ओलीले भने, ‘अब कसैलाई गाली गर्ने बेला गए।’

उनले कसैलाई भेदभाव नगरी अब बन्ने नयाँ सरकारले काम गर्ने बताए। ओलीले भने, ‘राजनीतिक आस्थाका आधारमा मबाट कुनै भेदभाव हुने छैन।’ उनले पराजय भोगेका विपक्षी दलका उम्मेदवार वा दलका आकांक्षामाथि कुठाराघात हुन नदिने बताए। चुनाव प्रचारका क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरुले बामपन्थीको शासन आए लोकतन्त्रमाथि खतरा हुने बताउँदै आएका थिए। तर ओलीले आफू लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा काम गर्ने बताए। मेची रंगशालामा भएको विजय सभामा पनि ओलीले कांग्रेसप्रति नरम स्वभाव देखाए। करिब २० मिनेटको संवोधनमा उनले कुनै उखान टुक्का भनेनन् । उनको भाषणमा सैद्धान्तिक कुराहरु मात्र थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?