‘अब ओठे भाषणले काम चल्दैन’

‘अब ओठे भाषणले काम चल्दैन’
+
-

कास्की- बामगठबन्धनको कडा प्रतिष्पर्धा र आफ्नै पार्टीका बागी उम्मेदवारबीच कास्की प्रदेशसभा क्षेत्र नं २ (क) बाट विजयी कांग्रेसक विन्दुकुमार थापाले आर्थिक विकासका लागि लगानीमैत्री वातावरणलाई जोड दिने बताएका छन्। उनले आफू बाम गठबन्धन र आफ्नै पार्टीका बागी उम्मेदवारबीच निर्वाचित हुुनु उपलब्धि भएको भन्दै यसलाई ब्यवहारमा देखाउने अवसर आएको बताए । ‘युवा र महिला दिदीबहिनीहरुको अझ धेरै साथ मिल्यो जसले धेरै ऊर्जा प्राप्त भयो र जीत हासिल गरें,’ उनले भने। उनले युवा र महिला लक्षित नीति र कार्यक्रममा जोड दिँदै जेष्ठ नागरिकको अधिकारलाई सम्बोधन गर्ने बताए।

प्रतिनिधि र प्रदेशसभामा कांग्रेसले अपेक्षित नतिजा प्राप्त गर्र्न नसक्नु र पार्टीमा आफ्नो भूमिकाबारे भन्ने प्रश्नमा थापाले भने, ‘जनताले परिवर्तन चाहेका छन्, हामी पनि परिवर्तित समय र जनताको चाहनालाई आत्मसात गर्दै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ । जनताको माया र साथ सदैब नेपाली कांग्रेसलाई हुनेछ।’ थापाले पार्टीलाई समयसापेक्ष रुपमा एक ढिक्का बनाएर अघि लान आफूले प्रयास गर्ने बताए। उनले पार्टीका कार्यकर्तालाई जिम्मेवारबोध गराएर अघि बढाउने र विकासको एजेण्डा प्राथमिकतामा राखेर काम गर्दै अघि बढ्ने बताए।

‘प्रमुख प्रतिपक्षको भूमिकामा रहेर पनि आफ्नो भूमिकालाई सशक्त बनाउने छु। ‘विकासको साधक बनेर समृद्धिको मुद्दामा हातेमालो गरेर अघि बढ्छु,’ उनले भने। थापाले सुशासन र समृद्धि नै जनताको चाहना भएकाले आफ्नो भूमिकामा रहेर काम गर्ने बताए। उनले भने, ‘प्रदेश नं. ४ भौगोलिक हिसाबले पनि उत्तरमा चीन र दक्षिणमा भारतसँग जोडिएकाले पर्यटन क्षेत्रबाट आर्थिक वृद्धि हासिल गर्न धेरै सम्भावना छ त्यसकोलागि नयाँ र प्रविधिमैत्री वातावरण माध्यमबाट पूरा गर्न सकिन्छ ।’

नागरिक धेरै सचेत र सजग भएकाले अब ओठे भाषणले राजनीति नटिक्ने थापाको भनाइ छ। ‘सबैले चाहेजस्तो र खोजेजस्तो शासन प्रणालीको शुरुवात भएको छ, अब आर्थिक समृद्धि र सुशासनयुक्त समाजतिर लाग्नु पर्छ,’ उनले भने। उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रोत्साहित गर्दै नीतिनिर्माणमा जोड दिएर सबैले गर्व गर्ने काम गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?