भाले गोही खोज्‍न निकुञ्‍जको टोली पश्‍चिम नेपाल जाने

भाले गोही खोज्‍न निकुञ्‍जको टोली पश्‍चिम नेपाल जाने
+
-

चितवन- चितवन राष्ट्रिय निकुञ्‍ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्‍जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ । टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले आगामी सोमबार प्राविधिकसहितको टोली त्यसतर्फ जाने तय भएको जानकारी दिए। उनका अनुसार बर्दियाको बबई नदीमा भाले घडियालको खोजी गरिने छ।

त्यसैगरी कर्णाली नदीको भारतीय सीमा क्षेत्रमा पनि भाले गोहीको खोजी गरिने उनले बताए।  बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका भाले यहाँ ल्याउन मिल्न’ नमिल्नेबारे पनि छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उपलब्धताका आधारमा दुई/तीनवटा भाले ल्याउने योजना रहेको छ ।

टोलीमा प्रमुख संरक्षण अधिकृत कँडेल, सहायक संरक्षण अधिकृत बेदबहादुर खड्कासहित प्राविधिकहरु रहनेछन् । त्यसैगरी सहयोगी संस्थाका प्रतिनिधि पनि टोलीमा सहभागी हुने कँडेलले जानकारी दिए।

निकुञ्जसँग रहेका राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एक मात्र भाले घडियाल गोही मरेपछि अन्यत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको हो । भाले गोही मरेसँगै संकटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समेत समस्या देखिएको छ ।

राप्ती नदीमा रहेको एउटा भाले घडियाल गत जेठ महिनामा मरेपछि राप्ती र नारायणीमा रहेका पोथी प्रजननको अवसरबाट वञ्चित भएका हुन्।

चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण केन्द्रमा प्रजननयोग्य १२ वटा पोथी घडियालका लागि पनि एउटा मात्र भाले रहेको सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिए। बर्दियाको बबई नदीमा ३० वटा घडियाल छन् । त्यहाँ तीनवटा भाले घडियाल रहेको अनुमान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?