रोहितले फेरि बनाए दोहोरो सतक

रोहितले फेरि बनाए दोहोरो सतक
+
-

नयाँ दिल्ली (एजेन्सी)- भारतीय ब्याट्सम्यान रोहित शर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रोपटक दोहोरो सतक बनाएका छन्। श्रीलंकाविरुद्ध जारी एकदिवसीय शृंखलाको दोस्रो खेलमा अविजित २ सय ८ रन जोडे। प्रारम्भिक ब्याट्सम्यान रोहित पालीभर टिकिरहे।

१ सय ५३ बलमा १२ छक्का र १३ चौका प्रहार गरे। रोहितले यसअघि पहिलो दोहोरो सतक अस्ट्रेलियाविरुद्ध बनाएका थिए, सन् २०१३ मा।

बैंगलोरमा भएको उक्त खेलमा रोहितले २ सय ९ रन बनाएका थिए। उनले दोस्रो दोहोरो सतक श्रीलंकाविरुद्ध नै बनाएका थिए, तीन वर्षअघि। त्यतिबेला उनले दुई सय ६४ रन जोडेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै व्यक्तिगत सबैभन्दा उच्च पाली हो। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो सतक भने सचिन तेन्दुलकरले बनाएका थिए, सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्ध। त्यतिबेला उनले २ सय रन बनाएका थिए।

त्यसयता रोहितबाहेक मार्टिन गुप्टिल, वीरेन्द्र सेहवाग र क्रिस गेलले मात्र यस स्वरुपमा दोहोरो सतक बनाएका छन्। तर रोहितले मात्र एकभन्दा बढी दोहोरो सतक बनाएका छन्।

रोहितले आफ्ना तीनवटै दोहोरो सतक भारतमा खेल्दै बनाएका हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १६ वटा सतक बनाएका छन्। रोहितले टेस्ट क्रिकेटमा भने दोहोरो सतक बनाएका छैनन्। विराट कोहलीले विश्राम लिएपछि जारी शृंखलामा भारतीय टोलीको कप्तानी रोहितले गरिरहेका छन्। पहिलो खेलमा भारत पराजित भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?