रेशमले पाएनन् जितेको प्रमाणपत्र, काठमाडौं पठाइयो

रेशमले पाएनन् जितेको प्रमाणपत्र, काठमाडौं पठाइयो
+
-

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी टिकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीको प्रमाणपत्र काठमाडौंस्थित निर्वाचन आयोगमै पठाइएको छ।

दुई दिनभित्र रेशम आफैँ उपस्थित भई प्रमाणपत्र लिन नआए निर्वाचन आयोगले उक्त प्रमाणपत्र काठमाडौँ पठाइदिन जिल्ला स्थित निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको थियो। विजयी घोषणा भएको दुई दिनसम्म पनि रेशम नआएकाले बुधवार साँझ उक्त प्रमाणपत्र आयोगको काठमाडौँस्थित कार्यालयमा पठाइएको निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिए।

उनले उम्मेदवार आफैँ उपस्थित भएमा मात्रै प्रमाणपत्र दिनू नत्र काठमाडौँ पठाइदिनू भनेर निर्वाचन आयोगले निर्देशन दिएको बताए। निर्वाचन आयोगले रेशमको प्रमाणपत्र प्रतिनिधिसभामा पठाउने जनाइएको छ।

टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका चौधरी २६ महिनादेखि फरार छन्। उनले इन्द्र चौधरीको वारेसनामा मार्फत उम्मेवारी दर्ता गराएका थिए।

रेशमका समर्थकहरुले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमाणपत्र वारेश गणेशदत्त पन्तले बुझेर लगेकाले आफूहरुले पनि प्रमाणपत्र पाउनुपर्ने माग गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?