काठमाडौँ- देशभरि बामपन्थी लहर आइरहे पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थमन्त्री गगन थापा अचानक दक्षिण अफ्रिकाको जोहानेसबर्ग पुगेका छन्।
उनी उच्चस्तरीय स्वास्थ्य प्रणालीबारे ल्यान्सेट आयोगको एक विशेष बैठकमा भाग लिन जोहानेसबर्ग पुगेका हुन्।
उनी बुधबार यसको बैठकमा सहभागी भएका छन्। गगनले यसबारे आफ्नो ट्विटर पेजमा जानकारी दिँदै तस्बिरसमेत पोस्ट गरेका छन्।
यो आयोगमा संसारभरिबाटै विद्धत वर्ग, नीतिनिर्माता र स्वास्थ्यप्रणालीका जानकारहरु सहभागी छन्। आयोगले निम्न र मध्य आय भएका देशहरुका लागि स्वास्थ्य प्रणालीको गुणस्तरमा काम गर्ने गरेको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































