चोटबाट फर्किएर बेलको सनसनी

चोटबाट फर्किएर बेलको सनसनी
+
-

म्याड्रिड-  वेल्स स्ट्राइकर गारेथ बेलले मैदान छिरेको एक मिनेटमै गोल गरेपछि स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा पुगेको छ। साविक युरोपियन च्याम्पियन तथा स्पेनिस लिग च्याम्पियन रियलले बुधबार राति भएको सेमिफाइनलमा अल जजिरालाई २–१ गोलले हरायो।

रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोेले पनि गोल गरे तर बेलले गरेको गोल निर्णायक रह्यो। ८१ औं मिनेटमा बेल मैदान छिरेका थिए र सोही मिनेटमा उनले लुकासको पासमा गोल गरे। बेल दुई महिनाको आरामपछि बुधबार राती खेलमा फर्किएका थिए।

२८ वर्षीय बेलले यो सिजनमा केवल ११ खेल खेलेका छन् जसमा चार गोल मात्र गरेका छन्। उनलाई सन् २०१३ मा रियलले विश्व कीर्तिमानी स्थानान्तरण मुल्यमा क्लब भित्र्याएको थियो। त्यसयता उनले रियलका लागि एक सय ६१ खेलमा ७१ गोल गरेका छन्। चोटका कारण उनले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्। बेलकै प्रदर्शनमा वेल्स गत युरोकपको सेमिफाइनलसम्म पुगेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’