पाँच नम्बर प्रदेशमा आठ जना थारु नेता विजयी

पाँच नम्बर प्रदेशमा आठ जना थारु नेता विजयी
+
-

दाङ– मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पाँच नम्बर प्रदेशमा ८ जना थारु नेता विजयी भएका छन्। थारु बाहुल्य रहेको प्रदेश नम्बर पाँचबाट प्रतिनिधि र प्रदेशसभातर्फ आठ जना थारु नेताहरु विजयी भएका हुन्।

एमालेका तर्फबाट चार जना, माओवादी केन्द्रका तीन र नेपाली कांग्रेसका तर्फबाट एक जना गरी आठ जना थारु नेता विजयी भएका छन्।
नेकपा एमालेका तर्फबाट दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ केन्द्रीय सदस्य मेटमणि चौधरी विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रका तर्फबाट बर्दिया क्षेत्र नम्बर २ बाट सन्तकुमार थारु विजयी भएका छन्। यस्तै, प्रदेशसभातर्फ नेकपा एमालेका तर्फबाट रुपेन्देही निर्वाचन क्षेत्र नम्बर ३ को २ बाट तुलसीप्रसाद चौधरी, बर्दिया जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभाका लागि कविराम थारु निर्वाचित भएका छन। नवलपरासी सुस्ता क्षेत्रको २ को १ बाट बैजनाथ थारु विजयी भएका छन्।

यसैगरी माओवादी केन्द्रका तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर १ को १ बाट इन्द्रजित थारु र बर्दिया निर्वाचन क्षेत्र नम्बर २ को २ बाट दिपेश थारु विजयी भए। नेपाली कांग्रेसका तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ को १ बाट डिल्लीबहादुर चौधरी विजयी भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?