नेपालसामु १३ रनमा समेटियो म्यानमार

+
-

काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको आफ्नो अन्तिम समुह खेलमा नेपालले सनसनीपुर्ण प्रदर्शन गरेको छ।

तीन सय ५१ रनको लक्ष पछ्याएको म्यानमार केवल १३ रनमा समेटियो । पुरुष क्रिकेटमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको सर्वाधिक कम रन हो।

यसअघि सन् २००८ मा जर्सीमा आयोजना भएको आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभमा नेपालले मोजाम्बिकलाई १९ रनमा समेटेको थियो।

त्यतिबेला नेपालका महबुब आलम एक्लैले १० विकेट लिएर एकदिवशिय स्वरुपका सिनियर अन्तर्राष्टिय प्रतियोगितामा विश्व कीर्तिमान बनाएका थिए।

नेपालविरुद्ध म्यानमार ११.३ ओभरमा अलआउट भएको थियो । म्यानमारका सात ब्याट्सम्यानले नेपालविरुद्ध खाता खोल्न सकेनन्।

नेपालका नारायण जोशी र मेख बहादुरसेन थापाले चार चार विकेट लिए । नारायणले तीन ओभरमा एक रन र मेखले तीन ओभरमा चार रन खर्चिएका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’