देशभर बाघ गणना गर्न ३७ हात्तीको प्रयोग

देशभर बाघ गणना गर्न ३७ हात्तीको प्रयोग
+
-

काठमाडौँ-नेपालमा ३७ वटा हात्तीको प्रयोग गरेर बाघ गणना भइरहेको छ । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणना यो वर्ष गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३७ हात्तीको प्रयोग गरेर बाघ गणना गर्न लागेको हो। जसमध्ये चितवन १५, पर्सा सात, बाँके चार, बर्दिया चार र शुक्लाफाँटामा सात हात्तीको प्रयोग गर्न लागेको हो ।

नेपालको मुख्य बाघ पाइने क्षेत्र तराई नै हो । विभागले बाघ पाइने क्षेत्रलाई तीन तहमा विभाजन गरी गणना शुरु गरेको छ । जसमा चितवन र पर्सामा यही मंसिर १४ गतेदेखि, बाँके र बर्दियामा पुस १ गतेदेखि र शुक्लाफाँटामा केही दिनपछि बाघ गणना गरिने विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए।

बाघ गणनाका लागि एक हजार ८८७ ग्रिड बनाई एक हजार २०० क्यामरा ट्र्यापको प्रयोग गरिन्छ । यस्तै सन्टो कम्पास, रेन्ज फाइन्डर, जिपिएस, रेकर्डफमको समेत प्रयोग गरिने विभागले जनाएको छ । बाघ गणनाका लागि डब्लुडब्लुएफ नेपाल र जेड एसएल नेपाल लगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् ।

विभागले बाघ गणनाका लागि ६६ दिनसम्म दैनिक २५० कर्मचारी र रु तीन करोड २० लाख खर्च हुने अनुमान गरेको छ । बाघ गणनाका लागि विभागले गणना गर्ने व्यक्तिलाई तालिमसमेत दिएको छ।

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सरकारका पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्रप्रमुखको सम्मेलनले हरेक पाँच वर्षमा बाघको गणना गर्ने निर्णय गरेको थियो। साथै सो सम्मेलनले सन् २०२० सम्म बाघको सङ्ख्या दोब्बर बनाउने निर्णय गरेअनुसार नेपालमा पनि बाघको संरक्षण र संवद्र्धन हुँदै आएको छ ।

नेपालमा सन् २००९ मा १२१ को सङ्ख्यामा रहेका बाघ सन् २०१३ मा १९८ पुगेको थियो । सन् २०१३ मा चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा चार, पर्सा राष्ट्रिय निकुञ्जमा सात र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए । विभागले सन् २००९ को तुलनामा सन् २०१३ मा बाघको सङ्ख्या ६५ प्रतिशत बढेको जनाएको छ । तराईमा १७ प्रतिशत भूभागमा पाटे बाघ, पहाडको ६८ प्रतिशत भूभागमा थोप्ले बाघ र हिमालको १५ प्रतिशत भूभागमा हिउँ चितुवा पाइन्छ । विश्वमा झण्डै चार हजार हाराहारीमा बाघ रहेका छन् ।

विश्वका बाघ पाइने मुलुकमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, उत्तर कोरिया, रुस, थाइल्याण्ड र भियतनाममा पर्छन् । त्योमध्ये सबैभन्दा धेरै बाघ पाइने मुलुक भारत हो । बाघ गणना नतिजाबाट दुर्लभ तथा लोपोन्मुख प्रजातिको बाघ संरक्षणको अवस्था थाहा पाई संरक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास सरकारले लिएको छ। रासस

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’