आज सेयर कारोबार ५ बजेसम्म हुने

+
-

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज(नेप्से) को कार्यालयमा भएको आगलागीले बिहीबार निर्धारित समयमा सेयर कारोबार हुन् सकेन। नेप्सेको कार्यालयमा बिद्युत सट भई आगलागी भएकाले सेयर बजार नियमित समयमा नखुलेको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बिहीबार दिउँसो १ बजेबाट सेयर बजार सञ्चालनमा आएको उनले जानकारी दिए। बजार निर्धारित समयमा सुरु नभए पनि कारोबार समय भने नघटाइएको पराजुलीले बताए। उनले बिहीबार बजार ५ बजेसम्म सञ्चालन हुने जानकारी दिए। नियमित रुपमा शेयर कारोबार सार्वजनिक बिदाबाहेक आइतबारदेखि बिहीबारसम्म ११ बिहान देखि ३ बजे हुन्छ।

पराजुलीका अनुसार नेप्सेको पहिलो तल्लामा रहेको घरायसी नामसारी शाखामा आगलागी भएको हो। आगलागीबाट कागजपत्र लगायत केही प्राविधिक सामग्री जलेको उनले बताए।

आगलागी सामान्य नै भए पनि सर्किट जाँचका लागि विद्युत लाइन कटौती हुँदा कारोबार सञ्चालन नभएको पराजुलीले जानकारी दिए। आगलागी भएकै तलामा नेप्सेको प्राविधिक विभाग छ। विभागमा भने क्षति नपुगेको नेप्सेले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’