सिलवाल प्रकरण: कासमु कीर्ते गर्नेलाई कारबाही गर्न सर्वोच्चको आदेश

सिलवाल प्रकरण: कासमु कीर्ते गर्नेलाई कारबाही गर्न सर्वोच्चको आदेश
+
-

काठमाडौं- सर्वोच्च अदालतले तत्कालीन डिआइजी नवराज सिलवाल पदोन्नति प्रकरणमा पेश गरिएको किर्ते कार्यसम्पादन मूल्याङ्कनका दोषीविरुद्ध कारवाही गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहितको पूर्ण इजलासले सुनाएको फैसलाको पूर्ण पाठ बिहीबार सार्वजनिक भएको हो। यद्यपि त्यसमा कीर्ते कसले गर्‍यो, त्यो किटान गरिएको छैन।

त्यसैगरी उक्त मुद्दालाई जनसरोकार याचिका (पब्लिक इन्ट्रेस्ट लिटिगेशन) रुपमा सर्वोच्चमा मुद्दा दायर गरेका अधिवक्ता कपिलदेव ढकाल विरुद्ध पनि सर्वोच्चले टिप्पणी गरेको छ। यस विषयलाई अभिलेखमा राख्न र ढकालविरुद्ध आवश्यक कारवाही गर्न पूर्ण इजलासले कानुन व्यवसायी परिषदमा पठाउन पनि आदेश दिएको छ। डिआइजी सिलवाल आफूलाई प्रहरी प्रमुख बनाउनुपर्ने जिकिरका साथ पेश गरेको कार्यसम्पादन मूल्याङ्कनलाई पूर्ण इजलासले किर्ते ठहर गरेपछि प्रहरी सेवाबाट अवकाश लिई हालै सांसदमा निर्वाचित सिलवाल फेरि एकपटक विवादमा तानिएका छन्।

इजलासमा प्रधानन्यायाधीशसँगै ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारी थिए। यसअघि सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशिला कार्कीलगायतले सिलवालद्वारा प्रस्तुत कार्यसम्पादन मूल्याङ्कनकै आधारमा उनलाई बरिष्ठतम र मेरिटका आधारमा आइजीपी बनाउनुपर्ने अर्थ लाग्ने गरी आदेश दिए पनि सरकारले प्रकाश अर्याललाई कार्यसम्पादन मूल्याङ्कनका आधारमा वरिष्ठतम मान्दै प्रहरी प्रमुखमा नियुक्त गरेको थियो।

सुशीला कार्कीको उक्त आदेशपछि शेरबहादुर देउवा सरकारले जयबहादुर चन्दको नियुक्ति बदर गर्दै अर्याललाई प्रहरी प्रमुखमा नियुक्त गरेको थियो। तर डिआइजी रहेका सिलवाललाई अन्य ११ जना जसरी एआइजीमा पदोन्नति गरेन। त्यसको विरोधस्वरुप सेवाबाट राजिनामा गरी सिलवाल नेकपा एमालेमा प्रवेश गरेका थिए र हालै सम्पन्न निर्वाचनमा उनी ललितपुर १ बाट प्रतिनिधिसभा चुनिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?