कैलाली- कैलालीका १३ वटा थारु आदिवासी संघसंस्थाले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका रेशमलाल चौधरीका वारेसलाई प्रमाणपत्र प्रदान गर्न माग गरेका छन्।
१३ वटै संगठनका प्रनिनिधिहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा रेशमलाल चौधरी आफैँ उपस्थित भएमा मात्र प्रमाणपत्र दिनु भनेर निर्वाचन आयोगले गरेको निर्णयको विरोध गरिएको छ।
‘निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी कानुनले जितेको उम्मेदवारलाई प्रमाणपत्र स्वयमलाई वा उसले इच्छाएको प्रतिनिधिलाई प्रदान गर्ने भन्ने नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध १९६६ ले मानवअधिकार प्रत्याभूत गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अदालतले दोषी नठहराएसम्म रेशम चौधरी र कारागारमा रहेका सबैजना निर्दोष रहेको पनि उल्लेख गरिएको छ। विज्ञप्तिमा निर्वाचन आयोगको नकारात्मक भूमिकाका कारण हुन जाने नकारात्मक प्रतिफलको जिम्मेवारी स्वयम् सम्बन्धित निर्वाचन अधिकृत वा सम्बन्धित निकायको हुने पनि चेतावनी दिइएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































