धनगढीमा फारवेस्ट पशुपति कप फुटबल सुरु

धनगढीमा फारवेस्ट पशुपति कप फुटबल सुरु
+
-

धनगढी- तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटवल प्रतियोगिता धनगढीमा सुरु भएको छ। बिहीबारबाट सुरु भएको ५ लाखभन्दा बढी नगद पुरस्कार राशी भएको फुटबल प्रतियोगितामा आयोजकले विजयी सुरुवात गरेको छ।

आयोजक फारवेस्ट पशुपति युवा क्लवले मदरल्याण्ड युवा क्लव जोनापुरलाई २–० ले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै गोल गर्दै आयोजकको टिम दोस्रो चरणमा प्रवेश गरेको हो। आयोजक फारवेस्ट पशुपति युवा क्लवलाई जिताउन भुपेन्द्र वम र नरेन्द्र सिंहले एक एक गोल गरे। वमले ५८ मिनेटमा गोल गर्दै अग्रता दिलाए भने सिंहले ७५ औं मिनेटमा अर्को गोल थपे। प्रतियोगिता अन्तर्गत शुक्रवार दुई वटा खेल हुनेछन्।

१६ टिमले भाग लिएको प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ। नकआउट आधारमा सञ्चालन भएको प्रतियोगितामा कैलाली, कञ्चनपुर, दाङसहित विभागीय टोली र भारतको एक टिम पनि सहभागी छन्।

यसअघि प्रतियोगिताको धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर ओडले उद्घाटन गरे। प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौँको ग्यालेक्सी पब्लिक स्कुल छ। प्रतियोगितामा विजेतालाई तीन लाख तथा उपविजेतालाई डेढ लाख र विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई १०/१० हजार रुपैयाँसहित पाँच लाख रुपैयाँभन्दा बढी पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगितामा झण्डै २० लाख खर्च हुने आयोजकले जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’